बिहीबार, वैशाख १३, २०८१

“ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेक्यो”

नेपालखोज २०७६ मंसिर ८ गते १०:२९

८ मंसिर, काठमाडौं । दुई तिहाईको सरकारले एक पछि अर्को गलत काम गर्दैै जाँदा पनि मौन बसिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल बन्ल मुख खोल्न थालेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको बताएका छन् । यस्तै उनले ओलिसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप पनि लगाएका छन्।

भारतले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि सरकारले सीमा मिचिएकोबारे अध्ययन गर्न पनि समिति बनाउने निर्णय गरिसकेको छ।तर देउवाले ओलीसँग सल्लाह गरेरै भारतले नक्सा जारी गरेको दाबी गरेका छन्।

पोखरा पुगेकार चुनावी सभालाई सम्वोधन गर्दै सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको जिकिर गरे । ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको भन्दै देउवाले ओली राष्ट्रवादी पनि नभएको जिकिर गरे ।

ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको देउवाको आरोप छ। ओली सरकारले भ्रष्टाचार बढाएको पनि उनले बताए।

प्रतिक्रिया