शुक्रबार, चैत १६, २०८०

पशुपतिक्षेत्रसँगैको पिङ्गलास्थानमा प्रभु बैंकले सुरु ग¥यो नयाँँ शाखा

नेपालखोज २०७६ मंसिर १२ गते १४:४७

१२ मंसिर, काठमाडौँ । प्रभु बैंकले काठमाडौंको पिङ्गलास्थानमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । प्रभुको नयाँ शाखाको उद्घाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गरे।

प्रभु बैंकको यो शाखा विस्तारसँगै अब उसका जम्मा १ सय ९७ वटा शाखा कार्यालय भएका छन् । धेरै शाखाहरु हुने बैंकको लिस्टमा प्रभु बैंक पर्ने गर्छ ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राखि यस बैंकले देशभर थप शाखा विस्तारको योजना समेत बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

प्रतिक्रिया