शुक्रबार, वैशाख १४, २०८१

राजश्व छली गरेको अभियोगमा झण्डै डेढ अर्ब भन्दा बढी बिगोसहित तीन कम्पनी विरुद्ध मुद्धा

नेपालखोज २०७७ असोज २८ गते २०:१५

काठमाडौ । राजश्व छली गरेको अभियोगमा झण्डै डेड अर्ब भन्दा बढी बिगोसहित तीन कम्पनीविरुद्ध मुद्धा दायर गरिएको छ । राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोकका अनुसार राजश्व छली गरेको अभियोगमा आज बुुधबार नेपाली र भारतीय नागरिक समेतको संलग्नता रहेको बिभिन्न तीन वटा कम्पनी र त्यसमा संलग्न व्यक्तिहरु बिरुद्ध डेढ अर्ब रुपैयाँभन्दा बढीको बिगो, जरिवाना र कैद सजाँए समेत माग गरेर जिल्ला अदालत काठमाडौ, उच्च अदालत ललितपुर पाटन र उच्च अदालत बिरगञ्ज समेतमा मुुद्धा दायर गरिएको हो ।

सो मध्ये गैरकानुुनीरुपमा बिदेशी मुद्राको अपचलन गर्ने जे.एस.एस. मोबाईल कलेक्सन एण्ड सर्भिसेज प्रा.लि. बिरुद्ध ८५ करोड ९५ लाख २२ हजार ७ सय २७ रुपैयाँ विगो असुल उपर गरी विगोको तीन गुणासम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग गर्दे काठमाडौ जिल्ला अदालतमा मुुद्धा दायर गरिएको बिभागले जनाएको छ ।

बिभागका अनुसार जयनगर भेलुवाटोला ठेगाना भएका भारतीय नागरिक विकाश कुमार साह, जनकपुर उ.म.न.पा वडा न ५ धनुषा स्थित शिव ज्वेलर्सका प्रोप्राईटर निर्मल कुमार सिंघानिया समेत तीन जनाले सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको कसुरमा ३५ करोड ५५ लाख १३ हजार तीन सय ४६ रुपैयाँ वगो असुल गरी जरिवाना र कैद सजाय समेत हुुने मागदावी लिई बुुधबार नै उच्च अदालत जनकपुर अस्थायी ईजलास विरगन्जमा मुद्दा दर्ता गरिएकोे छ ।

बुुधबार नै बिभागले वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर र काठमाण्डौ महानगरपालिका सोल्टीमोडमा वसोवास गर्ने नेपाली नागरिकता र भारतीय राजदुतावासबाट जारी भारतीय नागरिकको परिचय समेत भएका रजनिश कुमार गुप्ता, चितवन खैरहनी घर भएका राजु थापा भन्ने राजेन्द्र थापा समेतले भारतीय ट्रकहरु खरिद गरी छुट्टै केविन (फल्स वटम) वनाइ सो भित्र भन्सार चोरी पैठारीको मालवस्तु लुकाई छिपाई भन्सार राजस्व समेत छलि बिक्री वितरण गरी राजस्व चुहावट गरेको कसुरमा कुल विगो २१ करोड ६० लाख ४९ हजार सात सय ३१ रुपैंया विगो कायम गरि विगो असुलउपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जनाएको छ ।

प्रतिक्रिया