शनिबार, वैशाख १५, २०८१

मधुमेह र मुटुः सबैले जान्नु पर्ने १२ महत्वपूर्ण कुराहरु

नेपालखोज २०७६ मंसिर १३ गते ६:५२

१. मधुमेह रोग मुटुका लागि उच्च जोखिम (ज्ष्नज च्ष्कप) हो । रगतमा बढेको ग्लुकोजले बिस्तारै बिस्तारै मुटुका र रक्तनलीहरु र मांशमेशीहरुलाई रोग बनाउँदै लान्छ । मधुमेहले मुटुलाई असर पार्नु भन्दा अगाडीदेखि नै रोकथामका उपायहरु र उपचारहरु शुरु गर्नुपर्छ । यस कारण प्रत्येक मधुमेह रोगीले कम्तिमा एक पल्ट मुटुरोग विशेषज्ञसँग परामर्श गर्नु हुन्छ ।

२. ६५ वर्ष उमेर पुगेका मधुमेहीहरु मध्ये ६८% को मुटुरोगबाट र १६% को मस्तिष्कघातबाट मृत्यु हुन्छ । मधुमेह भएका र नभएका व्यक्तिहरुको तुलना गर्ने हो भने मधुमेह भएका व्यक्तिहरुको मुटुरोगका कारण मर्ने सम्भावना मधुमेह नभएकारहरुको भन्दा गुणाले बढी हुन्छ ।

३. मधुमेह रोगीहरुको रगतमा ग्लुकोजको मात्र नियन्त्रणमा छ भने पनि मुटुरोगको जोखिम उच्च नै रहन्छ । यसकारण रगतमा ग्लुकोज नियन्त्रणमा छ भन्दैमा मुटुलाई बचाउन गरिएका रोकथाम र उपचारका प्रयासहरुलाई रोक्नु हुँदैन, जारी नै राख्नु पर्छ ।

४. मधुमेहका कारण मुटुलाई मुख्य दुईवटा ठूला– ठूला र खतरनाक असरहरु पर्न सक्छन् । यि हुन् हृदयघात र कार्डियोमायोपेथी । हृदयघात हुनुको मुख्य कारण मुटुका ठुला रक्तनली बन्द हुनु (ब्लक हुनु) हो । हृदयघात मृत्युको कारण बन्न सक्छ । यस्तै मुटुका साना रक्तनलीहरु बन्द भए भने मुटुका मांशपेशीहरु कम्जोर हुने, मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने हुन्छ जसलाई कार्डियोमायोपेथी भनिन्छ । यसबाट हार्टफेल हुन्छ । रोगीको मृत्यु हुन सक्छ । यि दुवै अवस्थाहरु (हृदयघात र कार्डियोमायोपेथी) उत्पन्न नहोस् भनि सबै मधुमेह रोगीहरुले आवश्यक रोकथाम र उपचार विधि अपनाएको हुनु पर्छ । यदि यसो गरिएको छैन भाने मधुमेहको उपचार सहि र पूर्ण तवरले भएन भन्ने बुझ्नु पर्छ ।

५. मधुमेह रोगीले धुम्रपान, सूर्तिसेवन ग¥यो भने मुटु रोग लाग्ने खतरा चार गुणाले बृद्धि हुन्छ । यस्तै उच्च रक्तचाप पनि भयो भने यो खतरा अर्को दुई गुणाले बढ्छ ।

६. मधुमेहीहरुका लागि रक्तचाप १२०÷ ८० भन्दा कम हुनु राम्रो हुन्छ । यसभन्दा बढी जति जति रक्तचाप बढ्दै जान्छ त्यति त्यति हृदयघात र हार्टफेलको खतरा बढ्दै जान्छ ।

७. मधुमेहीहरुको रगतमा कोलेष्ट्रोलको मात्र कम वा बेसी जति भए पनि कोलेष्ट्रोल घटाउने औषधीको प्रयोग गर्नु पर्छ भन्ने वैज्ञानिकहरुको कारण रही आएको छ । हृदयघात र हार्टफेलको रोकथाम गर्न यसो भनिएको हो ।

८. ५० वर्ष उमेर पुगेका मधुमेह रोगीहरुले हृदयघात रोकथामका लागि रगत पातलो पार्ने औषधी एस्पीरिनको दैनिक रुपमा सेवन गर्नु पर्छ भन्ने मान्यता रही आएको छ ।

९.मधुमेहीहबारे हाम्रो समाज र जनसमुदाय बीच धेरै थरी भ्रमहरु छन् । यि मध्येका केही भ्रमहरु र त्यसलाई चिर्ने वास्तविकताहरु यस प्रकार छन्ः

क) मधुमेह भएकाहरुले चामल, आलु, गुलियो फलफूल खानु हुँदैन भन्ने जनधारणा छ । यो गलत हो । खान हुन्छ तर मात्रा मिलाएर खानु पर्छ । कहिले काहीँ चिनी वा चिनी मिसिएका खाना पनि खान मिल्छ तर मात्रा मिलाएर अवस्गथा हेरिकन । यसबारे चिकित्सकसँग परामर्श लिनु पर्छ ।

ख) सुगर फ्रि बिस्कुट, हर्लिक्स, चकलेट जति खाए पनि हुन्छ । यो पनि गलत धारणा हो । तयारी खाना भरसक खानै हुँदैन् । घरमा पकाएको ताजा खाना खानु पर्छ । जे खाँदा पनि मात्रा मिलाएर, क्यालोरी हिसाब गरेर, पोषण तत्वहरुको सन्तुलन मिलाएर खानु पर्छ । जे खान पपनि मिल्छ तर जति खान पनि मिल्छ भन्ने होइन् । रगतमा ग्लुकोजको मात्राको मिलेको छ, पोषणतत्व (कार्वोहाइड्रेट, प्रोटिन, फ्याट) आदीको सन्तुलन मिलाएको छ भने कहिले काहीँ आईसक्रिम र मिठाईको आनन्द पनि लिन पाइन्छ ।

ग) प्रोटिनले सुगर बढ्दैन यस कारण जति खाएपनि हुन्छ भन्ने धारणा पनि गलत छ । खानाको २५– ३० प्रतिशत क्यालोरी प्रोटिनबाट पाउने गरि मिलाएर खानु उचित हुन्छ ।

घ) तितो स्वाद भएका खाना जस्तै करेला, मेथी, निम आदीले सुगर घटाउँछ यस कारण यस्ता चिज धेरै खानुपर्छ भन्ने कुरा पनि गलत छ । धेरै कही पनि खानु हुँदैन् । सबै ठिक्क र सन्तुलन मिलाएर खानु पर्छ । खानाको सन्तुलन मिलाउन सल्लाह र मार्ग दर्शन गरिदिने काम चिकित्सकको हो । यसमा चिकित्सकले डाइटिसियन वा तालिम प्रापत नर्स वा अन्य स्वास्थ्यकर्मीको पनि सहयोग लिन सक्छन् ।

ङ) मधुमेहीले अण्डाको पहेलो भाग खान हुँदैन, यसले मुटुलाई हान्छ भन्ने सोचाई गलत छ । अण्डाको पहेलो भागमा भएका कोलेष्ट्रोलले खासै नराम्रो असर गर्दैन भन्ने नयाँ धारणा छ । मधुमेहीले दैनिक एउटा अण्डा –उसिनेको वा कम चिल्लोमा पकाएको) पहेलो भाग सहित खान सक्छन् । यसबाट मधुमेहीका लागि पौष्टिक तत्वहरु लगायत थुप्रै भिटामिनहरु प्नि प्राप्त हुन्छ ।

१०. जसलाई मधुमेह रोग लागेको छ उसले मुटुरोगी सरह मुटुको सुरक्षा उपचार र रोकथाम तर्फ उचित ध्यान दिनु आवश्यक छ ।

११.मुटुको सुरक्षाको लागि मधुमेहीहरुले स्वस्थ जीवनशैलीका विभिन्न पक्षहरु कडाईका साथ पालना गर्नु पर्छ । ति हुन्ः धुम्रपान नगर्ने, सुर्ति सेवन नगर्ने, अत्याधिक रक्सी नपिउने, मोटो भए तौल घटाउने, दैनिक ३०– ४५ मिनेट हिड्ने वा व्यायाम, योग आदी गर्ने, हरियो सागपात, गेडागुडी, फलफूल पर्याप्त मात्रामा खाने, मानसिक तनावको उचित व्यवस्थापन गर्ने, दैनिक ६– ८ घण्टा सुत्ने, सकारात्मक सोचाई राख्ने, सहयोगी बन्ने, सामाजिक काममा लाग्ने, दानी बन्ने आदी धेरै नै लाभदायी प्रभावकारी पक्षहरु हुन् ।

१२. मधुमेहीहरुले आफ्नो रोगको उपचार र व्यवस्थापन सही तरिकाले गरेको छ भने उ पूरा आयू बाँच्न सक्छ, त्यो पनि खुशी साथ, जीवनका हरेक पल र हरेक पक्षको मज्जा लुट्दै । मधुमेह रोगको सही व्यवस्थापन कसरी गर्ने हो भन्ने बारे आफूले पनि अध्ययन गर्नु पर्छ । इमानदारीपूर्वक अनुशासनमा बस्नु पर्छ, विज्ञको राय, सल्लाह, परामर्श लिनु पर्छ र यो सल्लाह पनि इमानदारीपूर्वक पालना गर्नु पर्छ । यदि सबै कुरा गर्दा गर्दै पनि भवितव्य आई नै हाल्यो भने भाग्य नै यस्तै रहेछ भन्नु पर्छ । जाति बाँचिन्छ सक्रियतापूर्वक, आनन्दपूर्वक बाँच्नु पर्छ । जीवन जीउने कला पनि रोगीले सिक्नु पर्छ । जस्तो बाटो रोज्यो तेतै पुगिन्छ । सुखी हुने, निरोगी हुने बाटोको साँचो सबैसँग आफ्नै हातमा छ ।
लेखक, नेपाल मधुमेही समाजका सल्लाहकार एवं विशिष्ट सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया