शुक्रबार, चैत १६, २०८०

गाँजर खानुका यस्ता छन फाइदा

नेपालखोज २०७६ मंसिर १३ गते ७:०२

आफूलाई स्वास्थ्य राख्न चाहने तथा आफ्नो आँखाको ज्योति नगुमोस् भन्ने चाहनेका लागि गाजर निकै फलदायी हुनसक्छ । कम क्यालोरी भए पनि गाजरको स्वाद निकै मीठो हुन्छ । यतिमात्र होइन, यो अनेक पौष्टिक तत्वले भरिपूर्ण हुन्छ जसले हाम्रो स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ ।

गाजरका केही फाइदाः
१. गाजरको नियमित सेवनले हाम्रो आँखाको स्वास्थ्य राम्रो हुन्छ । यसमा बिटा क्यारोटिन हुन्छ जो पेटमा पुगेपछि भिटामिन एमा बदलिन्छ । आँखाको रोग मोतियाबिन्दु कम गर्न पनि गाजरको ठूलो भूमिका हुने विश्वास गरिन्छ ।

२. गाजरको नियमित सेवनले फोक्सो, स्तन तथा कोलोन क्यान्सरको खतरा पनि कम हुन्छ । गाजर एउटा मात्र खाद्यान्न हो जसमा फाल्केरिनोल नामको किटनाशक पाइन्छ । गाजरको सेवनले क्यान्सरको सम्भावना एक तिहाइले कम हुन्छ ।

३. यसलाई एन्टि एजिङ खानाका रुपमा पनि चिनिन्छ । अर्थात् गाजर खानेहरुको अनुहारमा बुढ्यौलीका रेसा देखिने सम्भावना निकै कम हुन्छ ।

४. गाजरमा हुने औषधीय गुणले विभिन्न संक्रमणलाई कम गर्छ, यसको जुस पिउँदा झन् धेरै फाइदा हुन्छ ।

५. हार्वर्ड विश्वविद्यालयमा गरिएको एक शोधका अनुसार गाजर नियमित खानेहरुमा हृदयघातको सम्भावना पनि कम हुन्छ ।

६. गाजर खाने हो भने हाम्रो शरीरमा भएका विषालु पदार्थ पनि बाहिर निस्कन सहज हुन्छ ।

७. गाजर नियमित खाँदा हाम्रो दाँतको स्वास्थ्य पनि राम्रो हुन्छ । दाँतको सफाइ गर्नुका साथै गाजरले हाम्रो सासलाई पनि स्वच्छ राख्छ ।

प्रतिक्रिया