शुक्रबार, चैत १६, २०८०

झ्याउमा प्रतिबन्ध लगाउँदा राजश्व घाटा

नेपालखोज २०७६ मंसिर १३ गते ८:५६

१३ मंसिर, बाँके । झ्याउ सङ्कलन तथा निकासीमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न यहाँका व्यवसायीले माग गरेका छन् ।

राज्यले हचुवाको भरमा झ्याउ सङ्कलन तथा निकासीमा प्रतिबन्ध लगाउँदा आफ्नो लगानी डुबेको भन्दै जडीबुटी व्यवसायीहरुले वैज्ञानिक अध्ययन गरी संकलन तथा निकासीको वातावरण मिलाउन सरकारसँग माग गरेका छन् ।

राज्यले झ्याउ सङ्कलन तथा निकासीमा प्रतिबन्ध लगाएपछि व्यवसायीले आफूहरु मारमा परेको बताएका छन् । “राज्यले नीति बनाउँदा व्यवसायीदेखि स्थानीयस्तरको सङ्कलकसम्मको हितमा हुने गरी नीति बनाउनुपर्छ”, व्यवसायी बताउँछन् । व्यवसायीसँग परामर्श नगरेरै हचुवाका भरमा निकासी र सङ्कलन गर्न बन्द गरिदिँदा व्यवसायी मारमा परेको उनीहरु बताउँछन् ।

रुखको साहारामा पलाउने तेस्रो प्रजातिको झ्याउ सङ्कलन र निकासीमा सरकारले रोक लगाएपछि वर्षेनी करोडौँ राजश्व गुम्दै आएको छ । साइटिस सूचीमा नपरेको झ्याउलाई सरकारले बिनाकारण सङ्कलन र निकासी बन्द गरेको व्यवसायी बताउँछन् । निकासीमा रोक लगाउँदा वर्षेनी करोडौँ राजश्व सङ्कलन हुने झ्याउ जङ्गलमा खेर गइरहेको छ ।

प्रतिक्रिया