मंगलबार, वैशाख ११, २०८१

मधुमेहले मिर्गौलालाई कसरी असर गर्दछ ?

नेपालखोज २०७६ मंसिर १८ गते ७:१३

मधुमेह
रगतमा चिनीको स्तर सामान्य भन्दा बढी भइरहनुलाई मधुमेह भएको भनिन्छ । सामान्यतथा शरीरका कोशिकाहरुलाई काम गर्न ग्लुकोजको आवश्यकता पर्दछ । यसलाई कोशिकाहरुमा पु¥याउने कार्य रगतमा उपस्थित इन्सुलिन भन्ने रसायनले गर्दछ । इन्सुलिन हाम्रो शरीरमा हुने प्यान्त्रियाज भन्ने अंगले उत्पादन गर्दछ ।

यसको काम हाम्रो रगतमा भएको अत्याधिक ग्लुकोजलाई “ग्लाइकोजेन” भन्ने तत्व परिवर्तन गरि आकस्मिक अवस्थाका लागि कलेजोमा संचय गरेर राख्नु हो । यसका साथै रगतमा रहेको ग्लुकोजलाई कोशिकाहरुमा पु¥याउनको लागि पनि इन्सुलिनको आवस्यकता पर्दछ । तर मधुमेह भएका व्यक्तिमा या त भएको इन्सुलिनले काम गर्दैन अथवा प्यान्क्रियाजले पर्याप्त रुपमा इन्सुलिन उत्पादन गर्दैन् ।

इन्सुलिन बिना रगतमा चिनीको स्तर बढ्न थाल्छ र यो क्रम निरन्तर बढिराखेमा यसले आँखा, मिर्गौला, मुटु, रक्त नलीहरु, मस्तिष्क आदि अंगमा आघात पु¥याउन सक्दछ ।

मधुमेह बिशेषतः दुई प्रकारको हुन्छः
प्रकार १ (Tpye 1) र प्रकार २ ( Type 2) ।
प्रकार १ मधुमेह विशेष गरि २० वर्ष मुनिका युवाहरुमा हुने गर्दछ । यसमा प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन बनाउन नसक्ने हुँदा आजीवन सुईका मध्यमबाट इन्सुलिन दिनु पर्ने हुन्छ । प्रकार २ मधुमेह बिशेष गरि ४० वर्ष बढी उमेर भएकालाई हुन्छ । यसमा इन्सुलिन त बन्छ तर शरीरले यस्लाई राम्ररी उपभोग गर्न सकिरहेको हुँदैन । कतिपय बिरामीहरमा यो जीवन शैली र खानपान नियन्त्रणबाट ठिक हुन्छ भने, कतिले मुखबाट खाने औषधि अथवा इन्सुलिन सुईको प्रयोग गर्दछन् । रगतमा ग्लुकोजको मात्रा बढी हुनुलाई हाइपरग्लाइसेमिया (जथउभचनथिअझष्ब) पनि भनिन्छ । मधुमेह निम्न कारणहरुले झनै बिग्रन सक्छ ।

१) तनाब
२) संक्रमण वा कुनै रोग
३) कुनै औषधिहरु जस्तै स्टेरोइट्सको प्रयोग
४) गर्वधारण
लक्षणहरु
१. धेरै पिसाब लाग्नु
२. बढि तिर्खा लाग्नु
३. धेरै भोक लाग्नु
४. तौल घट्नु वा बढ्नु
५. घाउ निको हुन सामान्य भन्दा बढी समय लाग्नु
६. थकावट लागिरहनु
७. चिढचिढापन बढ्नु
८. छाला चिलाउनु
९. छिटै संक्रमण हुनु
१०. हात गोडामा झनझनाहट महसुस हुनु

मधुमेहले मिर्गौलालाई कसरी असर गर्दछ ?
रगतमा उच्च ग्लुकोजको मात्राले साना साना रक्त कोशिकाहरुलाई हानि पु¥याउँदछ । जब यसले हाम्रो मिर्गौलाको रक्तनलीमा आक्रमण गर्दछ, हाम्रो मिर्गौलाले राम्ररी रगत सफा गर्न सक्दैन् । यसले गर्दा, शरीरबाट पिसाबको माध्यमबाट फ्याकिनु पर्ने फोहोरहरु शरीरमै जम्मा हुन्छ । यसका साथै बढी पानी र नुनको मात्राले शरीर सुन्निन थाल्छ । यसरी मिर्गौलामा असर परेपछि सामान्यतया पिसाबमा नदेखिनुपर्ने प्रोटिन पनि देखिन थाल्दछ ।

मधुमेहले मिर्गौलाका कोशिकाहरुमा हानी पु¥याउने र पिसाब थैली गराउनमा समेत चाप पु¥याउन सक्दछ । यसबाट पर्ने चापले पिसाब थैलीमा जम्मा भएको पिसाबलाई फेरि पछाडी धकेलेर मिर्गौलालाई हानि पु¥याउदछ । यसरी पिसाब थैलीमा धेरैबेर पिसाब जम्मा रहनुले पिसाबको संक्रमणको जोखिम पनि बढ्छ, जसले गर्दा अवस्था झन् गम्भीर हुन जान्छ ।
मधुमेह भएका व्यक्तिहरुमा मिर्गौला रोगका प्रारम्भिक संकेतहरु
१.हात, गोडा सुन्निनु र शरीरको तौल बढ्नु
२. पिसाबको जाँच गराउँदा सामान्यतया पिसाबमा नदेखिने एल्बुमिन देखिनु ।
३. रक्तताप बढ्नु
४. पिसाब कम हुनु अथवा पिसाब गर्न गाह्रो हुनु
५. कम्मर दुख्नु

मधुमेह भएका बिरामीहरुमा मिर्गौला रोगका अन्तिम समयका लक्षणहरु
१. पिसाबमा धेरै मात्रामा प्रोटिन देखिनु
२. उच्च रक्तचाप
३. हात, गोडा अथवा पुरै जिउ सुन्निु
४. रगतमा युरिया, नाइट्रोजन (द्यग्ल्) बढ्नु
५. इन्सुलिन वा मधुमेह कम गर्ने औषधिको आवश्यकता घट्नु
६. शरीर चिलाउनु अथवा फोकाहरु आउनु
७. वाकवाक लाग्नु
८. भोक नलाग्नु वा खाने इच्छा नहुनु
९. भ्रमित हुनु
१०. चिढचिढापन
११. अचानक रिंगटा लाग्नु, बेहोस हुनु

निवारण गर्न के गर्न सकिन्छ
१. सबैभन्दा पहिले त आफ्नो जीवनशैली, खानपानलाई स्वस्थ्य बनाएर मधुमेह हुनै नदिने ।
२. स्वस्थ देखिने व्यक्तिले पनि कम्तिमा पनि वर्षमा एक पटक चिकित्सकको सल्लाह अनुसार परिक्षण गर्ने । किनभने धेरैजसो यस रोगले अन्तिम चरणमा मात्र लक्षण देखाउँछ ।
३.मधुमेह भएका व्यक्तिले सन्तुलित खानपान, ब्यायाम तथा औषधी छ भने त्यसमा बिशेष ध्यानदिनु पर्ने हुन्छ ।
४. धुम्रपान र मद्यपान नगर्ने ।
५. मिर्गौला सम्बन्धी अरु कुनै समस्या छ भने उपचार गराउने र चनाखो रहने ।
६. डाक्टरको सल्लाह बिना कुनै पनि औषधि, बिशेषगरि दुखाइ कम गर्ने औषधि सेवन नगर्ने ।

मधुमेहलाई नियन्त्रणमा राख्न सके यो सामान्य रोग हो । तर अनियन्त्रित भएमा यसले ठूलो दिर्घकालिन गम्भीर किसिमका रोगहरु निम्ताउन सक्दछ । धेरैजसो मिर्गौला रोग समयमै पत्ता लागे निदान गर्न सकिन्छ, तर जनचेतनाको कम तथा स्वास्थ प्रति लापरवाहीका कारण धेरेजसो मानिसहरु अन्तिम चरणमा डाक्टरकहाँ आइपुग्छन । यसले गर्दा, एक त उपचार सफाल हुने सम्भावना घट्दछ भने बिरामी तथा परिवारलाई आर्थिक भार पनि पर्दछ । त्यसैले आफ्नो ब्यस्त जीवनशैलीबाट अलिकति समय आफ्नो शरीरका लागि पनि निकालौँ र समयमै जाँच गराइ भविष्यमा आउन सक्ने ठुला स्वास्थ्य समस्याबाट टाढा रहौं ।

लेखक, नेपाल मधुमेही समाजका सल्लाहकार हुनुहुन्छ ।

प्रतिक्रिया