शुक्रबार, चैत १६, २०८०

विमानस्थलमा प्रहरीले बढायो निगरानी, भिभिआइपी ‘चेकिङ’मा समेत कडाइ

नेपालखोज २०७६ मंसिर १८ गते ७:१३

१८ मंसिर, काठमाडौं । तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ। प्रहरीले यात्रुको आवागमन हुने ढोका सुरक्षाकर्मी संख्या बढाउनुका साथै सीसी क्यामेरा, इलेक्ट्रीक ढोका र लगेज तथा अन्य सामान जाच गर्न प्रयोग गरिने विद्युतीय एक्सरे मेसिन थप गरेको हो।

विदेशबाट फर्कने यात्रु र तस्करको लगेजबाट बढी अवैध सामान तथा सुन भेटिएपछि प्रहरीले त्यसलाई थप कडाइ गर्न विभिन्न प्राविधिक मेसिन जडान भइरहेको विमानस्थलले जनाएको छ। विमानस्थलका प्रहरी प्रमुख डिआइजी सूर्य उपाध्यायका अनुसार आइटीको बढी प्रयोग भइरहेको बेला विमानस्थलभित्र पनि त्यसको आवश्यकता महसुस गर्दै नयाँ मेसिन थप गरिएको छ।

भिभिआइपी ‘चेकिङ’मा पनि कडाइ

डिआइजी उपाध्यायले आवागमन कक्षमा भिभिआइपीको जाँचमा पनि कडाइ गरिएको बताए। ‘अहिले विमानस्थलको भित्री पूर्वाधार मर्मत, सुरक्षा व्यवथामा कडाइ र नयाँ प्रविधि जडान गरिएको छ, यसले हामीले यात्रुको जाँच गर्न पनि सहज भइरहेको छ,’ उनले भने, ‘अहिले भिभिआइपी प्रवेश गर्ने गेटमा पनि एक्सरे मेसिन जोडेका छौं, अब भिभिआइपीलाई पनि कडाइ गरिन्छ।’ उनले विगतमा भिभिआइपीलाई कडाइ नगरेको र केही सामान उनीहरूको माध्यमबाट ल्याइएको भन्ने गुनासो र आलोचना भएपछि उनीहरूमाथि पनि निगरानी राखिएको जानकारी दिए। अहिले भिभिआइपी कक्षमा पनि उनीहरूको हाते झोला जाच गर्नको लागि दुईवटा एक्सरे मेसिन राखिएको छ। याे समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया