बिहीबार, वैशाख ६, २०८१

जाडोमा टन्सिल भएर हैरान हुनुहुन्छ ? यस्ता छन घरेलु उपचार

नेपालखोज २०७६ मंसिर १९ गते ७:१६

हर्वल चीया– टन्सिल हुँदा हर्वल चीया पिउदा पनि आरम मिल्छ । कागती या मह मिसाइएको चियाले पनि फाइदा पुग्छ । तुलसीवाला चिया पिउनुले पनि टन्सिलका लािग फाइदाजनक मानिन्छ । यसका लागि ५ पत्ता तुली, ५ वटा मरिच, थोरै चुक  अमिलो एक कप पानीमा उमालेर छानी खानु फाइदाजनक हुन्छ ।

चिकेन सुप– चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सूपमा कैयौँ पोषक तत्वहरु पनि पाइन्छ । टन्सिल भए खाना खान सकिँदैन् । जसका कारण शरीरमा भएका पोषक तत्वको कमीलाई चिकेन सूपले पूरा गर्छ ।

लसुन या ल्वाङ– टन्सिल भएको खण्डमा लसुन वा ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४– ५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

चूक अमिलो– चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलब्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुल्ला गर्दा पनि टन्सिल भएका बिरामीका लागि फाइदाजनक हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ तथा विरामी हुनबाट पनि जोगाउँदछ ।

बेसार– कुला गर्नका लागि बेसार पनि उत्तम मानिन्छ । तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ । राति सुत्नु भन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर पीउनाले राहत मिल्छ ।

पानीको प्रयोग– टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक मात्रामा पानी पिउन जरुरी हुन्छ । सूप, जूस तथा अन्य पेय पद्धार्थको पनि बढी प्रयोग गर्नुले फाइदा पु¥याउँदछ ।

नुन पानी– नुनमा एन्टी बायोटिक गुण हुन्छ । यसका लागि हल्का तातो पानीमा नून हालेर मुख कुल्ला गर्नुहोस् यसबाट निकै लाभ मिल्छ । हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ ।

प्रतिक्रिया