मंगलबार, वैशाख ११, २०८१

गर्भावस्थाले मधुमेहमा ल्याउने जटिलताहरुः

नेपालखोज २०७६ मंसिर २० गते ६:५५

मधुमेहको बारेमा सामान्य ज्ञान समेत नभएको हाम्रो जस्तो परिस्थितिमा गर्भावस्थाको समयमा हुने मधुमेहको अवस्था थाहा पाउन निकै नै कठिन छ । सामान्यतः सम्पूर्ण गर्भावस्था मध्ये करिब १% गर्भावस्थामा यो रोग पाइन्छ । इन्सुलिनबारे थाहा हुनुभन्दा अगाडि ४०% मधुमेही गर्भवती महिलाहरुको मृत्यु ५० प्रतिशतभन्दा बढी गर्भवती तथा नवजात शिशुको मृत्यु हुन्थ्यो तर इन्सुलिनको पत्ता लागिसकेपछि यो संख्या घटेर २.२% मा झरेको पाइएको छ ।

तथापि १००० गर्भवती महिलामध्ये ३/४ मा यसका हानिकारक असरहरु देख्न सकिन्छ । यसरी सामान्य गर्भावस्थामा भन्दा मधुमेही महिलामा भएको गर्भावस्था तथा गर्भावस्थामा विकसित भएका मधुमेहमा बढी हानीकारक असरहरु देखिएको पाइन्छ । तसर्थ पनि गर्भावस्थामा मधुमेह र गर्भवती महिला दुबैको विशेष विचार पु¥याउनु पर्ने हुन्छ ।

सामान्य गर्भावस्थामा हुने मधुमेहलाई २ भागमा वर्गीकरण गर्न सकिन्छ ।
क) गर्भावस्थामा विकसित हुने मधुमेह (Gestational Diabetes Mellitus)
ख) गर्भावस्थामा भन्दा पहिले नै भइसकेको मधुमेह (Pro gestational or ovest Diabetes Mellitus)

गर्भावस्थामा विकसित हुने मधुमेह (Gestational Diabetes Mellitus)

यो रगतमा चिनीको मात्रा बढ्ने प्रक्रिया गर्भावस्थामा मात्रै सुरु हुने वा प्रथमपटक गर्भावस्थामा मात्रै देखिने अवस्था हो । गर्भावस्थाको पहिलो २० हप्तामा यो थाहा नहुन पनि सक्छ । यस किसिमको अवस्था कतिपय महिलामा बच्चा जन्मेको ६ हप्तापछि हराएर जान्छ भने कतिपय महिलाहरुमा मधुमेहको रुपमा सँधैभरि रहिरहन सक्छ । हाम्रो देशमा जहाँ प्रायः गर्भावस्था रक्तपरीक्षण बिना नै हुन्छन् कति महिलालाई यसकिसिमको मधुमेह हुन्छ भन्न सकिने अवस्था छैन् । तथापि निम्नअवस्थामा यसकिसिमको मधुमेह हुनसक्छ ।

.परिवाको सदस्य मधुमेही भएकोमा ।
. पहिलेको गर्भवती अवस्थामा मधुमेह भएकोमा ।
.४ के.जी. भन्दा बढी तौल भएको बच्चा जन्माउने आमाहरुमा ।
.कारण थाहा नभई बच्चा मृत्यु भएकोमा ।
. Polyhydromenopause (पोलिहाइडोमेनोपोस) भएमा ।
. धेरै मोटो महिलाहरुमा ।
. ३० वर्ष भन्दा बढी उमेरको गर्भावस्वथामा ।
गर्भावस्थामा रगत परीक्षण गर्दा केही नखाइकन (Fasting Blood Suger) ग्लुकोज १०५ मि.ग्रा. डे. लि. र १०० ग्राम ग्लुकोज दिएपछि १ घण्टाको रगतमा ग्लुकोज १४० मि.ग्रा.डे. लि. भन्दा बढी भएमा मधुमेह भएको मानिन्छ ।
समस्याहरुः
क) पेटभित्र बच्चाको मृत्यु हुनसक्छ ।
ख) मातृमृत्यु बढाउँछ ।
ग) ठूलो बच्चा जन्मने हुन सक्छ ।
घ) बच्चा जन्मेपछि पनि मधुमेह रहिरहन सक्दछ ।
ङ) बच्चा जन्मन गाह्रो हुन्छ ।
उपचारः
क) गर्भावस्थामा चाँडै नै चिकित्सकको परामर्श लिई चिनीको मात्रा नियन्त्रण गर्नुपर्छ ।
ख) धेरै तौल बढ्नबाट बचाउनु पर्दछ ।
ग) मधुमेह, खानामा नियन्त्रण अथवा इन्सुलिनको प्रयोग राम्रो नियन्त्रण गर्नुपर्दछ ।
घ) बच्चा जन्मने बेलामा आउने समस्याबाट बच्न अस्पतालमा बच्चा जन्माउनु पर्दछ ।

गर्भावस्थामा भन्दा पहिले नै भइसकेको मधुमेह (Pro gestational or ovest Diabetes Mellitus)

यस अन्तर्गत चिनी सहने क्षमता कम भएका लक्षणयुक्त वा लक्षणविहीन महिलाहरु र बिहानको खाना नखाइकन परीक्षण गरेको रगतम चिनीको मात्रा बढी भएका महिलाहरु पर्दछन् । रगतको चिनीको मात्रा बढी भएका महिलाहरु पर्दछन् । रगतको चिनीको मात्रा बढेको अवस्थामा ती महिलाहरुलाई मधुमेह भएको निदान गर्न सकिन्छ ।

क) खाना नखाइकन गरेको रक्तपरीक्षणमा चिनीको मात्रा १०५ मि.ग्रा डे. लि. भन्दा बढी ।
ख) ग्लुकोज लिएपछिको र २ घण्टाको रगतको चिनीको मात्रा १४० मि.ग्रा डे.लि. भन्दा बढी ।

गर्भावस्थाले मधुमेहमा ल्याउने जटिलताहरुः
क) लुकेर बसेको मधुमेह देखिन सक्दछ ।
ख) बिरामीमा केटोएसिडोसिस (Ketoacidosis) हुन सक्दछ ।
ग) NIDDM को बिरामीलाई इन्सुलिनको आवश्यकता पर्दछ ।
घ) यसले मधुमेहीको आँखा, मिर्गौला र नशाहरुमा हुने समस्याहरुलाई बढाइदिन्छ ।
लेखकः डा. अनिल रेग्मी

प्रतिक्रिया