शुक्रबार, वैशाख १४, २०८१

सर्लाहीको शाखा विस्तारले प्रभु वैकको शाखा १ सय ९९ पुग्यो

नेपालखोज २०७६ मंसिर २० गते ९:४२

२० मंसिर, काठमाडौं। सवैभन्दा धेरै शाखा विस्तारगरी घरदैलोमा नै वैकिङ्ग सेवा पु¥याउने उदेश्य अनुरुप प्रभु वैकले सर्लाहीको बयलबासमा नयाँ शाखा खोलेको छ । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटा प्रभु वैकको १ सय ९९ औ शाखाका रुपमा रहेको बयलवास शाखाको उद्घाटन गरेका हुन् ।

वैकको शाखा उद्घाटन गर्दै प्रमुख देवकोटाले स्थानीय तहमा वैकिङ्ग सेवा विस्तार गर्ने सरकारको लक्ष्य भएपनि धेरै वैकहरु सुविधासम्पन्न ठाउँमा स्थापित भईरहेका बेला प्रभु वैकले बयलबास जस्तो वैकिङ्ग पहुँच नपुगेको स्थानमा शाखा खालेको भन्दै प्रशंशा गर्नु भयो ।

प्रभु वैकको बयलवास शाखा खुलेपछि स्थानीयवासीहरु समेत खुशी भएका छन् । आर्थिक कारोबारमा असुरक्षित महसुस गरिरहेका स्थानीयबासीहरु प्रभु वैकको शाखा स्थापना भएपछि आफ्नो कारोबार सुरक्षित भएको भन्दै वैक स्थापना गर्ने सोच बनाउनुहरुलाई धन्यवाद समेत दिएका थिए ।

प्रतिक्रिया