बुधबार, वैशाख १२, २०८१

श्वेता श्री फाउंडेशनलाई सन्राइज बैंकको ५ लाख सहयोग

नेपालखोज २०७७ असार २० गते १०:०३

सिन्धुपाल्चोक । सन्राइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउंडेशनलाई रु ५ लाख सहयोग गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी गराएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले श्वेता श्री फाउंडेशनलाई चेक हस्तान्तरण हुदैं फाउंडेशनले गरेको कामको प्रशंसा गरेका छन् ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले कोभिड १९ महामारीको कठिन घडिमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने उनले बताए ।

यस्तै नायिका श्वेता खड्काले फाउंडेशनलाई विश्वास गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता जनाइन् । सो फाउंडेशनले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

प्रतिक्रिया