शुक्रबार, वैशाख १४, २०८१

सिद्धबाबालाई म्याद थपका लागि अदालत लगियो

नेपालखोज २०७६ मंसिर २० गते १२:१०

२० मंसिर, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कारकाे प्रयास गरेको अभियोगमा पक्राउ परेका कृष्णबहादुर गिरी (सिद्धाबबा)लाई प्रहरीले जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएकाे छ ।

अनुसन्धानका लागि अदालतले दिएको चारदिनकाे म्याद सकिएपछि र अावश्यक अनुसन्धान पुरा नभइसकेकाे कारण प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो ।

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि सिद्धाबबा मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ परेका थिए ।

प्रतिक्रिया