शनिबार, वैशाख १३, २०८२

हृदयघात हुनुका कारण, लक्षण र यसको उपचार

नेपालखोज २०७६ मंसिर २४ गते ७:०१

जब मुटुमा रगत प्रवाह रोकीन्छ तब हृदयघात हुन्छ । यो बोसो, कोलस्ट्रोल र धमनीहरुमा अन्य पदार्थको कारणले निर्माण हुन्छ । आफ्नो छाती वा पाखुरामा पिडा महसुस हुने वित्तिकै तुरुन्त चिकित्सककोमा जानुपर्छ ।
धेरै मानिसहरु ह्रदय रोगको सुरुवाती लक्षणलाई वास्ता गर्दैनन् र लापरवाहीको नतिजा घातक हुन्छ । मनिसहरुमा हृदय रोगले प्रत्येक ६ घटना मध्ये एकमा चेतावनी दिएको हुन्छ । यो बेलायतमा गरिएको सर्वेक्षणमा बताइएको छ ।

कारण
1. धमनी ब्लक हुनु
2. धुम्रपान
3. कोलेस्ट्रोलको मात्रा धेरै हुनु
4. उच्च रक्तचाप
5. धेरै तनाव

लक्षण
1. छाती दुखाई –छातीको चाप, मुटुको बीचमा कडा महसुस
2. सामान्यतया देव्रे हातमा दुखाइ हुन्छ, कसैलाई दुवै हातमा पनि दुख्न सक्छ ।
3. घाँटी पछाडि, बंगारा र पेट दुख्ने
4. चक्कर आउने
5. पसिना आउने
6. सास फेर्न गाह्रो हुने
7. बान्ता आउने
8. अप्ठेरो महसुस हुने
9. खोकी लाग्नु

उपचार कसरी गर्ने त
1. इसिजि गरेर
2. औषधी लिइ हाल्ने
3. पेसमेकर को प्योग गर्ने
4. बाइपास सर्जरी
5. मुटुको ट्रान्सप्लान्ट शल्यक्रिया

प्रतिक्रिया