बिहीबार, चैत १५, २०८०

फिल्म ‘छपाक’ मा दीपिकाको यस्तो रुप

नेपालखोज २०७६ मंसिर २५ गते ७:३८

एजेन्सी । अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको ‘छपाक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जीवनमाथि बनेको यो फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिका निर्वाह गरेकी छन् । जसलाई केही युवकले एसिड अट्याक गर्छन् ।

१२ मिनेट १९ सेकेन्डको फिल्मको ट्रेलर निकै दमदार र इमोसनले भरिपूर्ण रहेको छ । ‘नाक छैन, कान छैन । झुम्का कहाँ लगाउनु ?’ फिल्मको ट्रेलरमा समावेश एक डाइलग हो यो । फिल्ममा यस्ता मनछुने सम्वाद पनि छन् । फिल्मको अभिनय विषयमा दीपिकाले केही समय अगाडि भनेकी थिइन्, ‘यो एक निकै महत्वपूर्ण कहानी हो र यो वास्तविक घटनामा आधारित छ ।

यसकारण आशा छ कि फिल्म राम्रो निस्कनेछ ।’ फिल्मको निर्देशन मेघना गुलजारले गरेकी हुन् । विक्रान्त मेसीको पनि मुख्य भूमिका रहेको फिल्म १० जनवरी २०२० मा रिलिज हुनेछ ।

प्रतिक्रिया