बुधबार, वैशाख १९, २०८१

सलमानको सय करोड कमाउने फिल्ममा ‘दंबग ३’ पनि प¥यो

नेपालखोज २०७६ पुष १० गते १०:३७

एजेन्सी । सलमान खानको पछिल्लो रिलिज ‘दबंग ३’ लगातार सय करोड भारू कमाउने १५ औं सिनेमा बनेको छ ।

’दबंग ३’ले रिलिजको ५ औं दिनमा सय करोडको आँकडा पार गरेको हो। सिनेमाले रिलिजको पाँचौ दिन मंगलबार १२ करोड भारू कमाइ गरेको छ।

पाँचौ दिन आइपुग्दा ’दबंग ३’को कुल कमाइ १०३.८५ करोड भारू पुगेको छ । रिलिजको पहिलो दिन २४.५० करोड भारू कमाएको सिनेमाले शनिबार, आइतबार, सोमबार र मंगलबार क्रमशः २४.७५, ३२.९०, १०.७० र १२ करोड भारू कमाइ गरेको छ ।

सिनेमाले सय करोड भारूको कमाइ गरेपनि यसपटक सिनेमाले समीक्षक तथा दर्शकहरूबाट चर्को आलोचना खेपेको छ।

प्रतिक्रिया