शुक्रबार, वैशाख १४, २०८१

बिग बोसका राहुल र दिशा विवाह बन्धनमा बाँधिए (फोटो फिचर)

नेपालखोज २०७८ साउन १ गते २०:५७

काठमाडौं । भारतीय चर्चित टिभी रियालिटी शो ‘बिग बोस’ को चौधौं सिजनका फस्र्ट रनर अप तथा गायक राहुल वैद्य वैवाहिक बन्धनमा बाधिएका छन् । उनले टिभी सिरियलकी चर्चिच अभिनेत्री दिशा परमारसँग विवाह गरेका हुन् । दिशाले चर्चित टिभी सिरियल ‘प्यारका दर्द, नहकुल मेहेता, वो अपना सा’ लगायत थुप्रै सिरियलहरुमा प्रमुख भूमिकामा अभिनय गरेकी छन् । दिशा जि टिभीबाट प्रशारण भएको सिरियल ‘वो अपनासा’ सिरियलबाट बढी चर्चामा आएकी थिइन् ।

राहुल बिग बोसमा आउनु अघि स्टेज शोहरुमा गीत गाउने गर्थै । उनले देश विदेशका थुप्रै स्टेजहरुमा गीत गाएका छन् । जब राहुल बिग बोस सिजन १४ मा आए उनको चर्चा सर्वत्र भयो । बिग बोस घरभित्र रहँदा राहुलेले धेरै दर्शकहरुको मन जिते । बोग बोस सिजन १४ राहुलले नै जित्ने आँकलन गरिन्थ्यो तर अन्तमा रुबीना दिलैकले १४औं सिजन जितेकी थिइन भने राहुल फस्र्ट रनर अप बनेका थिए ।

राहुल वैद्यले दिशालाई विवाहका लागि बिग बोसको घरमा हुँदा प्रस्ताव गरेका थिए । जुन कुराले निकै चर्चा पाएको थियो । दिशाले बोग बोस घरमा राहुललाई भेट्न गएको समयमा राहुलको विवाहको प्रस्तावलाई स्वीकार गरेकी थिइन् । उनिहरु लामो समयदेखि एक अर्कासँग डेट गरिरहेका थिए ।

राहुल वैद्य र दिशा परमारको विवाह जुलाई १५ अर्थात बिहीबार भएको छ । यतिबेला राहुल र दिशाको विवाहको चर्चा सामाजिक संचालमा निकै भइरहेको छ । उनिहरुलाई उनका फ्यानहरुले बधाई तथा शुभकामना दिइरहेका छन् ।

उनीहरूको विवाहको फोटो र भिडियो सामाजिक संचालमा आए भाइरहल भइरहेका छन् । भाइरल भएको भिडियोमा राहुल र दिशा निकै सुन्दर जोडीका रुपमा देखिएका छन् । दिशाले डार्क पिंक कलरको लेहंगा लगाएकी छन् भने राहुलले अफ ह्वाइट कलरको शेरवानी लगाएका छन् । दुवैले एक अर्काको हात समाएर अगाडी बढिरहेको देख्न सकिन्छ ।

फोटो समाजिक संजाल

प्रतिक्रिया