बिहीबार, वैशाख १३, २०८१

१५ वर्षपछी हवाई ऐन परिवर्तन, नयाँ ऐन ल्याउँदै सरकार

नेपालखोज २०७६ मंसिर २६ गते ९:४३

२६ मंसिर, काठमाडौँ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नयाँ हवाई नीति ल्याउने भएको छ । मन्त्रालयले १५ वर्ष पछि पहिलो पटक हवाई ऐन नै परिवर्तन गर्ने गरी नयाँ हवाई ऐन २०७६ ल्याउन लागेको हो । सोका लागि मन्त्रालयले ७ सदस्यीय मस्यौँदा समिति समेत गठन गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक तथा मन्त्रालयका पूर्वसचिव योगप्रसाद गौतमको नेतृत्वमा गठित समितिले अहिले मस्यौँदा तयारको काम गरिरहेको छ । समितिले उपत्यकाभित्र र बाहिर गरेर दुईवटा कार्यशाला गोष्ठी चलाएको र सबैको राय सल्लाह, सुझाव, लिने काम गरिरहेको समितिका संयोजक गौतमले बताए ।

गौतमका अनुसार अबको केहि दिनमा नै हवाई नीति परिमार्जनको मस्यौँदा तयार हुनेछ । त्यसपछि ऐनका लागि उक्त मस्यौँदा संसदमा पेस हुनेछ । १५ वर्षपछि परिवर्तन गर्न लागिएको हवाई ऐन परिमार्जन नभएर पूर्णरुपमा नयाँ रहेको गौतमले जानकारी दिए । उक्त ऐनले समग्र हवाई व्यवस्थाका लागि आवश्यक नीति तथा कार्ययोजना र त्यसको कार्यन्वयनलाई जोड दिनेछ ।

प्रतिक्रिया