शुक्रबार, चैत १६, २०८०

पानीमा रुझ्दै नागरिक अभिनन्दनमा हिडे खेलाडी

नेपालखोज २०७६ मंसिर २७ गते १४:१६

२७ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुको नागरिक अभिनन्दन सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुको बाक्लो सहभागिता छ ।

जारी र्‍याली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार, पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म    पुग्नेछ । उक्त ¥याली पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ । खेलाडीहरुको ¥यालीलाई भने आज परिरहेको सिमसिमे पानीले केही प्रभावित बनाएको छ ।

प्रतिक्रिया