शनिबार, वैशाख ८, २०८१

सिन्धुपाल्चोकको छ किलोमा बस दुर्घटना, १३ जनाको मृत्यु

नेपालखोज २०७६ मंसिर २९ गते ९:३४

२९ मंसिर काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित छ किलोमा बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएकाे छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुरकाे लागि छुटेकाे बा ४ ख ४४६८ नम्बरको बस छ किलोमा दुर्घटनामा परेकाे हाे ।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना परेकाे हो । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार १३ जनाकाे घटनास्थलमै मृत्यु भइसकेकाे छ ।

सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेकाे छैन । घाइतेहरूलाइ उपचारकाे लागि विभिन्न अस्पताल लगिएकाे प्रहरीले बताएकाे छ ।

प्रहरी र स्थानीय यात्रुको उद्धारमा जुटेका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया