सोमबार, चैत १०, २०८१

अपडेटः सिन्धुपाल्चोकमा दर्शनार्थी चढेको बस दुर्घटना, १४ जनाको मृत्यु, १८ घाइते

नेपालखोज २०७६ मंसिर २९ गते १०:३२

२९, मंसिर, काठमाडौँ । सिन्धुपाल्चोकको ६ किलो मोडमा बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो ।

Advertisement

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना भएको हो । दोलखाको कालिञ्चोक भ्रमणबाट भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको हो ।

बस झण्डै पाँच सय मिटर तल खसेको छ । घटनास्थलमा अहिलेसम्म १२ जनाको शव भेटिएको सिन्धुपाल्चेकका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले बताए। दुर्घटनामा १८ जना गम्भीर घाइते भएका छन् ।

खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो ।उनीहरुलाई उद्धार गरेर धुलिखेल अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया