बुधबार, जेठ ९, २०८१

नेपाल प्रहरीका दुई जना डीआईजीमा कोरोना पुष्टि

नेपालखोज २०७७ साउन ३२ गते १३:२५

काठमाडौं । महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले संक्रमण देखिएको पुष्टि गरेका छन् । त्यस्तै महानगरीय प्रहरी कार्यालाय रानीपोखरीमा पनि ३० जना प्रहरीमा संक्रमण देखिएको एसएसपी कडायतले जानकारी दिए ।

हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १ सय ५५ जनामा सक्रिय संक्रमण रहेका छन ।

प्रतिक्रिया