शुक्रबार, वैशाख ७, २०८१

नेप्सेमा तीन कम्पनीको बोनस मूल्य समायोजन

नेपालखोज २०७६ पुष १ गते ९:२४

१ पुष, काठमाडौं । मंगलवार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल एग्रो लघुवित्त, श्री इन्भेष्टमेण्ट फाइनान्स र स्वावलम्बन लघुवित्तको मूल्य समायोजन भएको हो ।

नेप्सेले नेपाल एग्रो लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ६२६ दशमलव ०९, श्री इन्भेष्टमेण्टको २ दशमलव ३५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १५१ दशमलव ४४ र स्वावलम्बन लघुवित्तको २६ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ८१८ दशमलव २५ तोकेको छ ।

प्रतिक्रिया