शुक्रबार, माघ २५, २०८१

भूमिसुधार भक्तपुरका नासु ४० हजार घुस सहित अख्तियारको नियन्त्रण

नेपालखोज २०७६ पुष १ गते १८:१७

१ पुस, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उनले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) लाई भाईकाजी गौतमलाई रु ४०,०००।– दिनु भनी घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ४० हजार घुस सहित मिश्र गौतम दुवैलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका नायव सुब्वा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगतकट्टा गरिदिने प्रयोजनको लागि लेखापढी व्यवसायीमार्फत घुस पाए काम गरिदिने भनी नियमानुसार गर्नुपर्ने कामको लागि बहाना बनाई उक्त कार्यालयका कार्यालय सहयोगी भाईकाजी गौतमलाई घुस वापतको रकम लिन लगाएका थिए ।
सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया