बुधबार, वैशाख १२, २०८१

सकारात्मक सर्किटमा नेपाल फाइनान्स

नेपालखोज २०७६ पुष ३ गते १४:२३

३ पुस, काठमाडौँ । नेपाल फाइनान्स (एनएफएस) को शेयरमूल्यमा लगातार तीन दिन सकारात्मक सर्किट लागेको छ । पाँच वर्षपछि नेप्सेमा पुस १ गते मंगलबार शेयर कारोबार सुचारु भएको यस फाइनान्स कम्पनीको शेयरमूल्यमा बिहीबार पनि सकारात्मक सर्किट लागेको हो। बुधबारपनि यसको सकारात्मक सर्किट थियो । स्थानीय व्यवसायी र काठमाण्डौं इञ्जिनियरिङ कलेज समुहको आगमनसँगै फाइनान्समा लगानीकर्ताको आकर्षण बढेको हो।

पुस १ गते फाइनान्सको शेयर प्रतिकित्ता १२४ रुपैयाँमा खुला भएको थियो। सो दिन १० प्रतिशतले बढेर १३६ रुपैयाँमा शेयर कारोबार बन्द भयो भने बुधबार पनि शेयरमूल्य १० प्रतिशतले बढदा १४९ रुपैयाँमा शेयर कारोबार बन्द भएको थियो।  बिहीबार प्रतिकित्ता १४९ मा खुलेको फाइनान्सको शेयरमूल्य घट्दो नेप्से सूचककको बाजजुत १० प्रतिशतले बढेर १६३ रुपैयाँमा पुगेको छ ।

फाइनान्सको कारोबार खुलेको पहिलो दिन मंगलबार ८६५ कित्ता शेयर कारोबार भएकोमा बुधबार ५ हजार १५५ कित्ता कारोबार भएको थियो भने बिहीबार साढे १ बजेसम्म २ हजार ७८४ कित्ता शेयर कारोबार भैसकेको छ।

प्रतिक्रिया