शुक्रबार, वैशाख १४, २०८१

दैलेखमा गाउँपालिका अध्यक्ष दम्पतीको अपहरण

नेपालखोज २०७६ पुष ६ गते ९:२४

६ पुष, दैलेख । ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही र उहाँकी श्रीमती इला अपहरणमा परेका छन् ।

शाही दम्पतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार राति साढे १२ बजेको अपहरण गरेको दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिए ।

अध्यक्ष शाहीको भाइलाई भने अपहरण गरेको केही समयपछि छाडिएको उनले बताए । इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुन भने भाइ हस्तबहादुर पनि शिक्षण पेशामै आबद्ध छन् ।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई पहिला पनि विप्लव नेतृत्वको नेकपाले चेतावनी पत्र दिएको थियो । अपहरणमा परेका शाही दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया