शुक्रबार, जेठ ४, २०८१

चुनावका लागि आवश्यक मतपत्र आजदेखि ढुवानी गरिँदै

नेपालखोज २०७९ वैशाख १३ गते १०:४५

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र ढुवानी आज (मंगलबार) देखि सुरु गरिने भएको छ । निर्वाचन आयोगले मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने भएको छ । दुर्गमका जिल्लाका लागि मतपत्र छपाइ सकिएको र अहिले सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको आयोगले जनाएको छ ।

मतपत्रको ८० प्रतिशत छपाइ सकिएको छ । यो समाचार तयार पारुन्जेलसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइको काम सकिएको बुझिएको छ ।स्थानीय तहको चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने निर्वाचन आयोगको अनुमान छ । यसैगरी ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पनि पूरा भएको आयोगका पदाधिकारीले जनाएका छन् ।

प्रतिक्रिया