बिहीबार, वैशाख १३, २०८१

रमेश बाहुन समूहका सुटर राई प्रहरी नियन्त्रणमा

नेपालखोज २०७६ पुष ६ गते १२:३१

६ पुस, काठमाडौं । गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटर दुर्गा राई पक्राउ परेका छन् ।

५ वर्ष जेल सजाय भोगेर छुटेका राईले व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएकाे प्रहरीले बताएकाे छ ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले पुष्टि गरे ।

प्रतिक्रिया