बिहीबार, वैशाख १३, २०८१

मिर्गौलामा पत्थरी हुँदाका लक्षण र यसको उपचार

नेपालखोज २०७६ पुष ८ गते ६:५९

हामीले पिउने कफी, चिसो या चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने गर्दछ । मिर्गौलाको जोडी पिठ्युँको मध्यभागमा करङको ठीक मुनि रहेको हुन्छ । मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स फिल्टलीकरण हुने कारणले हुन्छ । साथै, पिसाबमा पानीको मात्रा कम हुँदा पनि पत्थरीको समस्या देखिन्छ । मिर्गौलामा क्याल्सियम, फोसफेट अक्जालेट र युरिक एसिड गरी चार पत्थरीहरू हुने गर्दछन् । हाम्रा केही गल्ती र लापरबाहीका कारण मिर्गौलामा समस्या उत्पन्न हुने गर्दछ ।

लक्षणहरू
तलका यी लक्षणहरु देखिएमा पत्थरी भएको अनुमान गर्न सकिन्छः
१. पेट दुख्नु
२. पटकपटक ट्वाइलेट जानु
३. पिसाब गर्ने बेलामा पिसाब पोल्नु
४. पिसाबबाट रगत आउनु
५. छटपटी हुनु
६. भोक नलाग्नु
७. ज्वरो आउनु

उपचार विधि
यी माथिका लक्षणहरू देखा पर्ने्बित्तिकै तुरुन्तै अस्पताल जानुपर्छ । डाक्टरको सल्लाहअनुसार पत्थरीको संख्या, प्रकृति हेरी उपचार विधि अपनाउने गर्नुपर्छ । उपचारमा शल्यक्रिया नै चाहिन्छ भन्ने छैन, तर पत्थरी ठूलो रहेछ भने शल्यक्रिया गर्नुपर्दछ ।

त्यसैगरी, ससना पत्थरी रहेछ भने पानी वा अन्य झोल खानेकुरा खाएर पिसाबबाट बगाउन सकिन्छ । तर, औषधि सेवनबाट यसको दीर्घकालीन समधान हुँदैन । आजकाल ल्याप्रोस्कोपी, युरेट्रोस्कपीजस्ता नयाँ प्रविधि आएका छन् । जसले सजिलैसँग पत्थरीलाई निकाल्न सकिन्छ ।

घरेलु उपचार
मिर्गौलाको पत्थरीको उपचार गर्न गहतको दाल, मकैको जुँगा, निमको पात, अदुवा र जडीबुटी सेवन गर्दा पत्थरी कम हुने गर्दछ । त्यसैगरी, शरीरमा पानीको अभाव हुन नदिन प्रशस्त पानी पिउनुपर्छ ।

प्रतिक्रिया