बिहीबार, मंसिर २०, २०८१

रुघाखोकी लाग्यो ? सामान्यमा नलिनुस् हुन सक्छ स्वाइन फ्लु, बच्न यस्तो गर्नुस्

नेपालखोज २०७६ पुष ९ गते ६:५१

रुघाखोकीलाई सामान्य ठानेर उपचार नगरे स्वानफ्लु जस्ता घातक रोग देखिने चिकित्सकहरु बताउँछन् । केही वर्षयता जाडो मौसममा यस्तै प्रकृतिका रोग देखिने गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका डाक्टर शेरबहादुर पुनले जाडोमा देखिएको ज्वरो तथा रुघाखोकी मौसमी फ्लु मात्र नहुने बताएका छन् । जाडोमा कडा ज्वरो र लगातार रुघाखोकी लागेमा स्वाइन फ्लु वा हङकङ फ्लु हुन सक्ने उनको आशंका छ । चिसो मौसममा लगातार ज्वरो र रुघाखोकी लागेमा मौसमी फ्लु मात्र हुदैन् । डाक्टर पुनका अनुसार विशेषगरी जाडो मौसममा स्वाइनफ्लु र हङकङ फ्लुको प्रकोप फैलिन्छ । नेपालमा पनि त्यसको आशंका गरिएकाले सजग हुन आग्रह गरिएको हो ।
स्वाइन फ्लुका लक्ष्णहरु
१. उच्च ज्वरो आउने
२. खोकी लाग्ने
३. घाँटी दुख्ने
४. बालबालिकालाई वाकवाकी लाग्ने तथा वान्ता हुने
५. पेट मडारिने
६. पखाला लाग्ने
७. थकाइ लाग्ने
८. भोक नलाग्ने

स्वाइन फ्लुबाट कसरी बच्ने
१. साबुन पानीले पटक–पटक हात धुने
२. संक्रमित व्यक्तिबाट टाढै रहने
३. खोक्दा, हाच्छिउ गर्दा रुमालले मुख छोप्ने
५. रोगीलाई बेग्लै राख्ने

घरेलु उपचार विधी
१. तातो पानीको बाफ लिने, नुनपानीले मुख कुल्ला गर्ने
२. साबिकभन्दा बढी पोसिलो तथा झोलिलो पदार्थ खाने
३. दूधे बालबालिकालाई साबिकभन्दा बढी दूध चुसाउने
४. बिरामीलाई बेग्लै कोठामा राख्ने

प्रतिक्रिया