शुक्रबार, चैत १६, २०८०

देशभर चिसो बढ्यो, उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम तापक्रम

नेपालखोज २०७६ पुष ९ गते ८:१२

९ पुष, काठमाडौँ । जल तथा मौषम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । काठमाडौं उपत्यकासहित देशभर अत्यधिक चिसो बढि रहदाँ आज विहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीले देशका अधिकासं स्थानमा आज कम तापक्रम मापन भएको बताउनु भएको छ । मौसमी प्रणालीका कारण चिसो बढेको उहाँले बताउनु भयो । महाशाखाका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । भने मध्ये, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ ।

आज बेलुकीपख भने पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुासार काठमाडौ उपत्यकाको आजको अधिकतम तापक्रम १७ दशमलब ५ डिग्री सेलिसयस रहेको छ भने न्युनतम तापक्रम ३ दशमलब २ डिग्री सेलिसयस रहेको छ । सुर्योदय बिहान ६ बजेर ५१ मिनेटमा भएको थियो भने सुर्याेस्थ साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।।

प्रतिक्रिया