शुक्रबार, वैशाख १४, २०८१

आजका दिन भगवान हनुमानको पुजा गर्नुुस हुन्छ यस्तो लाभ, आजको तपाईको दिन कस्तो छ ?

नेपालखोज २०७६ पुष १२ गते ७:०४

विश्वका चर्चित ज्योतिषका अनुसार, बंजरंग वाण दैनिक रूपमा मनन गर्नाले हनुमानजीको कृपा रहन्छ । यदि यो सम्भव छैन भने, हरेक साताको शनिबार मात्रैं भएपनि यो वाणलाई जप्ने गर्नाले धेरैं लाभ मिल्ने जनाइएको छ ।

हरेक दिन बिहान स्नान गरे पछि, लुगा कपडा सफा कपडा राख्नुहोस् र हनुमानको मूर्तिको स्थापना गर्नुहोस् । हनुमानजीलाई अबीर, गुलाल आदि प्रदान गर्नुहोस् र रातो फूल चढाउने गर्नुहोस् । गाईको शुद्ध घिउको दिप जलाउनुहोस् साथैं पाठलाई अन्त सम्म जलाउनुहोस् । यसरी हरेक दिन घरमा हनुमानजीको पुजापाठ गर्नाले नकारात्मक ऊर्जा गएर सकारात्मक ऊर्जा रहन्छ।तपाईको आजको दिन

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नयाँ कमको थालनी हुनेछ । अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलतापनि मिल्ला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
लत्ता कपडामा बढी धन खर्च हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
श्रमको उचित मुल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मन खिन्न हुने स्थिति आउनसक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

 

प्रतिक्रिया