मंगलबार, चैत ६, २०८०

कंगना रनौतको वार्षिक कमाइ कति ?

नेपालखोज २०७६ पुष १५ गते ९:१८

एजेन्सी । बलिउड नायिका कंगना रनौतले आफ्नो वार्षिक आयको लगत आँकडा सार्वजनिक भएको बताएकी छिन् । फोर्ब्स इन्डियाले हालै मात्र भारतका टप १ सय सेलिब्रेटीको वार्षिक आय सार्वजनिक गरेको थियो, जसमा कंगनाको नाम ७० औँ स्थानमा थियो ।

आफ्नो आयको आँकडा गलत रहेको दाबी गर्दै कंगनाले फोब्र्स इन्डियामा नोटिस पठाएकी छिन् । उनको वार्षिक कमाइ १७.५ करोड रहेको फोब्र्सले उल्लेख गरेको थियो ।

लिस्टमा आफ्नो नाम ७० औँ स्थानमा देखेपछि कंगना रिसाएकी थिइन् । उनले आफ्नो कमाइको तथ्यांक कहाँबाट लिइएको हो भनेर पनि प्रश्न गरेकी छिन् । यो लिस्टमा विराट कोहली पहिलो नम्बरमा छन् ।

अक्षयकुमार दोस्रो र सलमान खान तेस्रो नम्बरमा छन् भने रणवीर सिंह ७ नम्बरमा । त्यस्तै, आलिया भट्ट ८ औँ, दीपिका पादुकोण १० औँ स्थानमा छन् ।

प्रतिक्रिया