सोमबार, वैशाख १७, २०८१

आगामी ६ महिना भित्र प्रदर्सनमा आउने ठूला बलिउड फिल्म !

नेपालखोज २०८० साउन २४ गते १७:३५

काठमाडाैं । सन्नी देओल र अमिषा पटेल अभिनित गदर टु अगस्ट ११ मा हलमा रिलिज हुँदैछ । रजनीकान्तको फिल्म ‘जेलर’ अगस्ट १० मा रिलिज हुँदैछ । यो फिल्ममा ज्याकी श्राफ पनि छन् ।

अक्षय कुमारको ‘ओएमजी टु ’ पनि अगस्ट ११ मै थिएटरमा रिलिज हुँदैछ । कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ २४ नोभेम्बरमा रिलिज हुँदैछ । रणवीर कपूरको फिल्म ‘एनिमल’ डिसेम्बर १ मा रिलिज हुनेछ।

प्रभासको फिल्म ‘सलार’ पनि यहि अंग्रेजी वर्षको २८ सेप्टेम्बरमा रिलिज हुँदैछ । ‘टाइगर – ३’ को रिलिज मिति पनि तय भएको छ । यो फिल्म १० नोमेम्बरमा रिलिज हुनेछ ।

शाहरुख खानको फिल्म ‘डंकी’ पनि यसै वर्ष रिलिज हुँदैछ । यो फिल्म २२ डिसेम्बरमा रिलिज हुनेछ । यसैगरी शाहरुख खानको अर्को फिल्म ‘जवान’ सेप्टेम्बर ७ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया