बिहीबार, वैशाख १३, २०८१

आज बुधबार कृष्ण मन्दिरको दर्शन गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य ।

नेपालखोज २०७६ पुष १६ गते ६:२४

‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

आज १६ पौष २०७६ बुधवार को राशिफल

मेष
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो रहला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मिथुन
मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

सिंह
आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ र शुभकार्यको चर्चापनि चल्नेछ ।

तुला
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

धनु
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रापनि हुनेछ ।

कुम्भ
चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

बृष
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

कर्कट
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर सरकारी निकाएबाट भने सहयोग मिल्नेछ ।

कन्या
विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

बृश्चिक
आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउनपनि मुस्किल पर्ला ।

मकर
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

मीन
सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । पारिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया