शुक्रबार, वैशाख ७, २०८१

सबेरै उठेर दौडिदा स्वास्थ्यमा हुन्छ यस्तो फाइदा

नेपालखोज २०७६ पुष १७ गते ७:२४

दौड शरीरको लागि निकै फाइदा जनक छ । यसले शरीरको मस्तिष्क र अन्य भागलाई फाइदा पुर्याउने गर्छ । दौडले मस्तिष्कको स्वस्थालाई सुधार गर्ने मद्दत पुर्याउछ ।

दौडले मान्छेको मोटोपनलाई घटाएर फुर्तिलो बनाउन मद्दत गर्छ । दैनिक रुपमा केहि दुरीसम्म दौड गरेमा २७ प्रतिशतले मृत्यु हुने जोखिमबाट जोगाउछ । दौडले मानिसको आयु पनि बढाउने अध्ययनले देखाएको छ । अनुसन्धान अनुसार केहि व्यायाम नगर्नु भन्दा थोरै मात्रामा दौड गर्दा निकै फलदायी हुन्छ । दौडले हृदयघात तथा क्यान्सरबाट हुने मृत्यु दर ३० प्रतिशतले घटाउने गर्छ ।

शरीरको रक्त सन्चार साथै उच्च मात्रामा मस्तिष्कलाई चाहिने अक्सिजन पुर्याउने काम गर्छ । केहि बेरको दौडले ठुलो समस्या हुनबाट रोक्न मद्दत गर्छ । यसले मानिसको आत्मवलको साथ् निर्धक्क बनाउने मदत गर्छ ।

प्रतिक्रिया