शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल समुहका जिल्ला सभापतिहरुको भेला हुँदै

नेपालखोज २०७६ पुष २१ गते १३:५०

२१ पुस, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर (असन्तुष्ट पक्ष)ले सोमबार जिल्ला सभापतिहरुको भेला बोलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शसांक कोइरालाले पार्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न भन्दै ७७ जिल्ला सभापतिहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएका हुन् । तर, जिल्ला सभापतिहरुको यस भेलामा सभापति शेरबहादुर देउवा पक्षीय सभापतिहरु भने सहभागि नहुने बताइएको छ ।

भेलामा पौडेल पक्षीय केन्द्रीय सदस्य तथा सांसदहरुलाई समेत बोलाइएको छ । पछिल्लो समय पार्टीको १४ महाधिवेशनको कार्यतालिका र नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउने विषयमा कांग्रेस भित्र कुरा मिलेको छैन ।

यहि एजेण्डालाई लिएर पौडले पक्षले लामो समयदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको छ । यिनै एजेण्डा माथि छलफल गर्दै जिल्ला तहबाटै सुझाव सहितको रणनीति तयार गर्ने उद्देश्यले समापतिहरुको भेला बोलाइएको हो ।

प्रतिक्रिया