बुधबार, वैशाख २६, २०८१

न्यून रक्तचापको समस्या छ ? छ भने यस्तो तरिका अपनाउनु होस्

नेपालखोज २०७६ पुष २३ गते ७:१६

न्यून रक्तचापको समस्या छ भने निम्न तरिका अपनाउन सकिन्छ ।

मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउँदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ। हरेक १० ग्राम रक्सि पिउँदा तपाईंको रक्तचाप १ एमएमएचजीले वृद्धि हुन्छ। तर न्यून रक्तचाप छ भन्दैमा कहिल्यै पनि मदिरा पिउने भूल नगर्नुहोस्। अत्याधिक अल्कोहलको मात्राले डिहाइड्रेसन ल्याउँछ र झन् रक्तचापको मात्रा घट्छ। बरु प्रर्याप्त मात्रामा पानी पिउनुहोस् जसले रक्त प्रवाह सशक्त र तीब्र हुन्छ। शरिरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भए पनि जोगिन सकिन्छ।

नूनको मात्रालाई अनुगमन गर्नुहोसः रक्तचाप बढी भएको अवस्थामा निश्चय नै नुनको मात्रा घटाउनु बुद्धिमानी हुनेछ। तर रक्तचाप कमी भयो भन्दैमा नुनको मात्रा बढाउनु कदापि राम्रो होइन। नुनको मात्रा वृद्धि गर्दा यसले उच्च रक्तचापको खतरा बढाउँछ, अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउँछ। चिकित्सकले सुझाव दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ।

आकस्मिक शारिरिक गतिविधि त्याग्नुहोस्ः आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्यून रक्तचापका लक्षणहरु भएकोले शरीरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी अपनाउनुहोस्। बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ। झटपट उठ्दा रक्तचाप न्यून भएको बेला आँखा धमिलो हुने वा दुर्घटना निम्तिन सक्छ। तसर्थ उभिनुभन्दा अगाडि पैतला र खुट्टालाई हल्का दबाउनुहोस्। ओछ्यानबाट उठ्नुअघि पनि ओछ्यानमा केही सेकेन्ड बसेरमात्र उभिनुहोस्।

उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम खानुहोस्ः न्यून रक्तचाप भएका मानिसलाई सामान्यतया उच्च कार्बोहाइड्रेडयुक्त खानेकुरा खान सुझाव दिइँदैन। कार्बोहाइड्रेडयुक्त खानेकुरा घटाउँदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्छ।

तातो पानी र स्टिम नलिनुहोस्ः लामो समयसम्म तातो पानीले नुहाउँदा वा वाफ लिँदा आँखा धमिलो हुने र हल्का टाउको दुख्छ । तसर्थ आरामदायी वाथ ट्युबमा सुतेर तातो पानीले ननुहाउनुहोस्। बरु यसको सट्टा कुर्चीमा बस्नुहोस्। सकभर कुर्चीमा बसेर नहुाउनुहोस्। कुर्चीबाट उठ्दा पैतला तथा खुट्टालाई एक पटक हल्का दबाएर मात्र उठ्नुहोस्।

बारम्बार खाना खानुहोस्ः रक्तचाप न्यून भएका मानिसहरुमा खाना खाएपछि हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्या हुने भएकोले एकैपटक धेरै खाना नखानुोस्। बरु हरेक दुई(दुई घण्टामा थोरै थोरै खानुहोस्।

प्रतिक्रिया