बिहीबार, जेठ २५, २०८०

आज पनि देशैभरिको मौसममा बदली, कतै वर्षा त कतै हिमपात

नेपालखोज २०७६ पुष २४ गते ७:३०

२४ पुष, काठमाण्डौ । (आज) बिहिबार पनि देशभरिकै मौसममा बदली आएको छ । पश्चिमी वायुको प्रभावले केही दिनदेखि देशभरिकै मौसममा बदली आएको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौँलगायत देशका विभिन्न ठाउँमा पानी र कतै हिउँ परिरहेको छ । पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन् । उनका अनुसार यसकै प्रभावले (आज) बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ ।

(भोली) शुक्रबार काठमाण्डौसहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको जानकारी दिइन् ।

प्रतिक्रिया