बुधबार, वैशाख १२, २०८१

हृदयघातबाट बच्न यी कुरा छोड्नुस्

नेपालखोज २०७६ पुष २४ गते ८:०५

हृदयघातबाट जोगिन यस्ता पाँच बानीहरू तपाईको पनि छ भने आजैबाट छोड्नुहोस् ।

१ बिहानको खाजा नखानु
बिहान सहि समयमा खाजा नखाने र लामो समयसम्म भोकको रहँदा मोटोपन बढ्छ । यसले छिटो शरीरको धड्कन बढ्न सुरु हुन्छ र मुटुमा नराम्रो असर पर्छ । बिहानको खाजा नखानेहरुमा हृदयघातको खतरा २७ प्रतिशत धेरै हुन्छ ।

२ खाना खानुपछि गुलियो खानु
खाना खाए लगतै गुलियो चिज खाँदा चिनीको मात्रा छिटो बढ्छ । यसले मोटोपन बढ्छ र हृदयघात हुने डर बढ्छ ।

३ धेरै मसला भएको खाना
धेरै पिरो र मसालेदार खाना खाँदा शरीरमा रगत सञ्चालनको प्रक्रिया बढ्छ । यसले हृदयघातको खतरालाई बढाउँछ ।

४ धेरै चिल्लो खाना खानु
धेरै चिल्लो खाना खानाले शरीरमा धेरै बोसो जम्मा हुन्छ । यसले कोलेस्ट्रोल बढाउँछ । जसले गर्दा हृदयघातको खतरा बढ्छ ।

५ धेरै मोटो मासु खानाले
सधै मोटो मासु जस्तै मटन र बीफ खानाले शरीरमा बोसोको मात्रा बढ्न जान्छ । यसले शरीरमा कोलस्ट्रोलको मात्रा बढाउँछ र हृदयघात हुने सम्भावना बढ्छ ।

प्रतिक्रिया