मंगलबार, वैशाख ११, २०८१

रामेश्वर श्रेष्ठको स्मृतिका अवसरमा शैक्षिक सामग्री वितरण

नेपालखोज २०७६ पुष २५ गते १७:१८

२५ पुष, काठमाडौं । गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठानका संस्थापक तथा समाजसेवी स्वर्गिय रामेश्वर श्रेष्ठको दोस्रो स्मृति दिवसका अवसरमा प्रतिष्ठानले ओखलढुङ्गा जिल्लाका विभिन्न विद्यालय, क्लवहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्रीका साथै पोशाकहरु बितरण गरेको छ ।

प्रतिष्ठानले लिखु गाउँपालिका– ९ पोकली स्थित पटनादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । सोही अवसरमा फ्याफुल्ला युवा सेवा समाजलाई बौद्धधर्मसंग सम्बन्धित विभिन्न सांस्कृतिक बाजाहरुका साथै पूजाका सामाग्रीहरु पनि वितरण गरेको छ भने जनजागृति आमा समूह तथा जिमपाखा आमा समूहलाई समेत पोशाकहरु वितरण गरेको छ ।

तात्कालिन माओवादी विद्रोहका बेला राजनीतिसँग कुनै सरोकार नभएपनि उनका दुई छोरा उज्जन र गणेश श्रेष्ठको हत्या भएको थियो । छोराहरुको हत्या भएको केही समय लगतै नातिनी रचना श्रेष्ठले पनि आत्महत्या गरेकी थिइन् ।

छोराहरुको नामबाट श्रेष्ठले गणेश उज्जन स्मृति प्रतिष्ठान गठन गरी सामाजिक कार्य गर्दै आईरहेका थिए । सोही क्रममा २०७४ सालमा मुटु रोगका कारण उनको निधन भएको थियो ।

प्रतिक्रिया