शनिबार, वैशाख ८, २०८१

पाल्पामा सुरक्षाकर्मीको आरडिटी

नेपालखोज २०७७ जेठ ९ गते १८:०६

पाल्पा । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको देखिएपछि पाल्पामा सुरक्षा र स्वास्थ्य क्षेत्रका ९० जनाको आरडिटी गरिएको छ । नेपाल प्रहरीका ५६, सशस्त्र प्रहरीका २० एवं स्वास्थ्यकर्मी तथा कर्मचारी १४ जनाको आज आरडिटी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिले कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेकाले पाल्पाका सुरक्षा, स्वास्थ्य र सञ्चारकर्मीको कोरोना परीक्षणलाई अनिवार्य गरेको छ । नेपाली सेनाका ३९ र नेपाल पत्रकार महासंघको सिफारिसमा ३६ पत्रकारको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख न्यौपानले बताए ।

प्रतिक्रिया