बिहीबार, वैशाख १३, २०८१

चीन र अमेरिकाको व्यापार युद्धको छाँयामा विश्व अर्थतन्त्र

नेपालखोज २०७६ पुष २६ गते १४:०१

२६ पुष, काठमाडौं । विश्वका दुई ठूला महाशक्तिबीचको व्यापार युद्धका कारण सन् २०१९ मा विश्व अर्थतन्त्रमा नकारात्मक असरहरु देखा परे । जसलाई अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले १९ औं शताब्दिको अन्त्यतिर यूरोप र अमेरिकाबीच भएको ‘चिकेन वार’को नयाँ संस्करणको समेत संज्ञा दिइएको छ ।

सामान्य मनोविज्ञानले समेत प्रभाव पार्ने विश्व शेयर बजारलाई समेत व्यापार युद्धको छाँयाले अछुतो राखेन । एशियाली शेयर बजारलाई तल्लो बिन्दुमा पु¥याउन समेत त्यसले काम ग¥यो । कारण र तथ्यहरु जे जस्ता भएपनि सन् २०१८ को पूर्वाद्र्धदेखि नै नयाँ तरंगहरु देखा परेको विश्व अर्थ व्यवस्थामा सन् २०१९ सकारात्मक भन्दा बढी नकारात्मक बन्यो । त्यसको प्रभाव सन् २०२० भर नै पर्ने देखिन्छ । चीन र अमेरिकाबीचको व्यापार युद्धमा केही शिथिलता आएको वा केही थामिए जस्तो देखिएपनि त्यो पूरा मत्थर भएको अवस्था भने होइन ।

जसका बाछिटाहरु विश्वव्यापी रुपमा नै आइरहने देखिन्छ । जुन विकासोन्मुख र विकसित देशका लागि समेत एउटा डरलाग्दो छाँयाको संक्रमणका रुपमा रहीरहने त होइन भन्ने त्रास बाँकी नै छ । अमेरिका–चीन व्यापार युद्ध, युरोपेली संघबाट बेलायतको बर्हिगमन मध्यपूर्वका देशहरुमा बढ्दै गएको द्धन्द्धको छाँया जस्ता विषयले आगामी दिन पनि सकारात्मक भन्दा बढी नकारात्मक नै हुने देखिएको छ । राजनीतिक घटनाक्रमले पार्ने प्रभावका कारण विश्व अर्थतन्त्रमा समेत दीर्घकालीन प्रभाव पार्ने खालका घटना सन् २०१९ मा देखापरे ।

चीन र अमेरिकाबीचको व्यापार युद्ध नयाँ शिरामा पुगेको देखिन्छ । उनीहरुबीच एकले अर्कालाई जवाफी हमला कसरी गर्ने भनेर मौका कुरेर बसीरहेको जस्तो दाउपेचमा देखिन्छ । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले चीनबाट आयात गर्ने करिब ३ खर्ब अमेरिकी डलरका सामानमाथि दुई चरणमा १० प्रतिशत भन्सार कर असुल्ने घोषणा गरेको दश दिन पनि नबित्दै चीनले जवाफी कार्वाहीको घोषणा गरेको थियो । सेप्टेम्बरको अन्त्यतिर देखिएका यस्ता परिदृश्य विश्वका लागि खराब दिनको नौलो शुरुवात जस्तै अनुभव गरिएको थियो ।

अमेरिकाले गत अगष्ट १५ मा गरेको भन्सार कर वृद्धिको घोषणा क्रमशः सेप्टेम्बर १ र डिसेम्बर १५ तारिखदेखि कार्यान्वयनमा ल्यायो । बदलास्वरूप चीनले पनि त्यस्तै एक घोषणा मार्फत अमेरिकामा उत्पादित ५ हजार ७८ वटा वस्तुका करिब ७५ अर्ब अमेरिकी डलरका सामानमाथि क्रमशः १० र ५ प्रतिशत भन्सार कर बढाउने निर्णय सुनायो । रमाइलो त के भयो भने एक अर्का विरुद्ध परिलक्षित घोषणा भने एकै दिन लागू हुने गरी सार्वजनिक भए ।

अमेरिकी र चिनियाँ सरकारले एकअर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क बढाइदिए । त्यसको प्रभाव भारत, यूरोप तथा दक्षिण पूर्वी एशियाका देशहरुमा समेत परे । अमेरिकाले स्टील र एलुमिनियममा आयात शुल्क बढायो । अमेरिकाबाट बढी आयात गर्ने मुलुकलाई छुट दिइएको थियो, तर त्यो सूचीमा चीन थिएन । जुन विवादको जड कारण बन्यो । चीनको जवाफ पनि उस्तै जबरजस्त थियो । उसले सुंगुरको मासु, वाइन, फलफूल र सुक्खा मेवा जस्ता अमेरिकी वस्तुको आयातमा भन्सार शुल्क बढाइदियो ।

यस्तो व्यवसायिक टकरावले कतिबेला व्यापार युद्धको रूप लिन्छ भन्दै विश्व नै आतंकित हुन पुग्यो । गएको वर्ष अमेरिकाले चीनबाट तीन अर्ब डलरको स्टील र एलुमिनियम आयात गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासगरी चीनबाट आउने अन्य सामानमा अतिरिक्त भन्सार शुल्क लगाउने प्रस्ताव गर्नुभयो । त्यसभित्रको अन्तर्य जे भएपनि अमेरिका आफैले भने आफ्ना बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको चोरी रोक्ने पहल भएको बतायो ।

गत अप्रिलदेखि भन्सार कर निरन्तर राख्ने चीनको सदाशयताका बाबजुद अमेरिकाले मे १० देखि २ खर्ब डलरको चिनियाँ सामानमा १० प्रतिशतको भन्सार कर २५ प्रतिशतसम्म बढाउने घोषणा ग¥यो । जुन आफैमा खराब परिघटनाको नयाँ संस्करण रहेको जानकारहरुको भनाइ छ । गत अगष्ट १५ मा अमेरिकाले फेरि ३ खर्ब डलरका चिनियाँ सामानमा १० प्रतिशत भन्सार कर थप्ने घोषणा गरिदियो । त्यसको प्रतिक्रिया स्वरुप चीनले भनेको थियो ‘अमेरिकाका यी र यस्ता कदमले आपसी व्यापार संघर्ष बढाएको छ र शीर्ष नेताबीचको अर्जेन्टिना र ओसाकामा भएका सहमति भंग भएको छ । तर हामी पूर्ववत् सहमतिमा कटीप्बद्ध छौ । ’ एक अर्कालाई के थाहा छ भने व्यापारका लागि दुवै देश एक अर्कामा अन्तरनिर्भर पनि छन् ।

उदाहरणका लागि सन् २०१७ मा अमेरिकाले निर्यात गरेको भटमासमको कूल मात्रा मध्ये ५७ प्रतिशत त चीन गएको थियो । यस्तै गार्मेन्ट, विद्युतीय सामग्री तथा अन्य घरायसी उपकरणको ठूलो व्यापार चीनले अमेरिकामा नै गर्दै आएको छ । सन् २०१८ मा अमेरिकी भन्सार नीतिका कारण अमेरिकी भटमासको चीनतर्फ निर्यातको मात्रा १८ प्रतिशतमा सिमित भएको थियो । अर्जेन्टिनामा भएको द्विपक्षीय वार्तापछि चीनले अमेरिका उत्पादित मोटर गाडी र कलपूर्जामा थप भन्सार कर असुल्ने निर्णयलाई पुनः विचार गरेको थियो तर अमेरिकाले सर्त तोडेको आरोपमा चीनले पनि फेरि अमेरिकी पार्टपूर्जामा पुनः भन्सार लगाउने निर्णय सार्वजनिक गरिसकेको छ ।

उसले भनेको छ हाम्रो कदम अमेरिकाको व्यापारिक संरषणवाद र एकपक्षीयता विरुद्ध नै केन्द्रीत थियो । हामी आपसी सद्भावबाट नै समस्याको समाधान खोज्न लागेका थियौ । त्यसमा अझै कटीबद्ध नै छौ । दुई मुलुक विश्वको पहिलो र दोस्रो ठूलो अर्थतन्त्र रहेकाले पनि एक अर्कासँग अन्तरभिर्नर भएका व्यापारिक सम्बन्ध अन्य देशसँग पनि जोडिन्छ । त्यसले विश्व अर्थव्यवस्थामा पार्ने प्रभाव पनि उत्तिकै महत्वपूर्ण हुन जान्छ । सन् २०१८ सम्म बलियो र संगठित भनिदै आएको विश्व अर्थतन्त्र सन् २०१९ भरी नै लय नमिलेको तथा गतिहिन देखियो । यूरोपेली देशहरुमा पनि आर्थिक मन्दी देखा परे ।

विशेषतः बेलायत, जापान, दीषण कोरिया जस्ता देशमा आर्थिक वृद्धिदर अघिल्ला वर्षको तुलनामा ओरालो लागे । ती देशको पछिल्लो कारण विश्व व्यापारमा आएको गिरावट तथा पर्ख र हेरको अवस्था नै हो । सन् २०१८ मा झण्डै पाँच प्रतिशतले बढेको विश्व व्यापार २०१९ मा त्यो भन्दा निक्कै कम अर्थात् दुई प्रतिशतको हाराहारीमा मात्रै सिमित रह्यो ।

विश्व व्यापारमा देखापरेको संकुचनसँगै ब्याजदरमा आएको वृद्धिले वस्तु, सेवा र सेयर बजारमा धेरै उतारचढाव देखापरे । यस्तो अवस्थाले आगामी वर्षहरुमा समेत विश्व अर्थतन्त्र थप समस्याग्रस्त एवम् संगीन बन्दै जाने देखिएको छ । वर्षभरी जारी रहेको अमेरिका–चीन व्यापारयुद्धको कारण समग्र विश्व बजार प्रभावित बने व्यापार युद्धको बीचमा अमेरिकाले चिनियाँ सामग्रीमाथिको आयातकर घटाउने तर्फ कुनै प्रयास नै भएन ।

यही जनवरीमा उनीहरुको बीचमा पहिलो चरणको व्यापार सम्झौता हुनसक्ने अनुमान सार्वजनिक भएपनि वार्ता नहुँदासम्म यसै भन्न सकिने अवस्था छैन । कारणः स्वार्थहरु टकराउँदा पर्ने प्रभावको नजरअन्दाज एक अर्काले अझै गर्न सकेका छैनन् । व्यावसायिक रुपमा हेर्दा अमेरिकी विमान निर्माता बोइङको ७३७ म्याक्स विमान दुर्घटनाको कारण उक्त मोडलका सयौं जहाज विश्वका विभिन्न विमानस्थलमा ग्राउन्डेड भए । त्यति मात्रै होइन उक्त मोडल विश्वभर नै प्रतिबन्ध नै लाग्यो ।

जुन विमान हालसम्म पुनः उडान शुरु हुने वा नहुनेमा दुविधा नै रहेको छ । साउदी अरेबियाको तेल कम्पनी साउदी अरामको विश्वकै सबैभन्दा धेरै बजार पुँजीकरण भएको कम्पनी सन् २०१९ मै बन्न पुग्यो । जसले तेल अर्थतन्त्रलाई समेत प्रभावित पा¥यो । दक्षिण एसियाको अर्को आर्थिक हस्ती भारत आर्थिक मन्दीको चपेटा नराम्ररी फस्यो । सरकारी विमान कम्पनीदेखि दूरसञ्चार सेवा प्रदायकहरु समेत मारमा परे । दक्षिण एसियाका अन्य देश भने अर्थतन्त्रमा महत्वपूर्ण सुधारको संघारमा पुगे ।

सामाजिक सञ्जाल फेसबुकले पनि क्रिप्टोकरेन्सी ल्याउने योजना सार्वजनिक गरेपनि त्यो योजना कहिले कसरी पूरा हुने हो भन्ने बारेमा अझै केही भन्न सकिने अवस्था छैन । वर्तमान अवस्थामा सो योजना पूरा हुने सम्भावना निक्कै कमजोर रहेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया