शुक्रबार, वैशाख १४, २०८१

प्रतिनिधिसभा बैठक : नेतादेखि सर्वसाधारणको बौद्धिक विरोध

नेपालखोज २०७६ पुष २७ गते १५:२८

२७ पुस, काठमाडौं । प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख चयनको विषयमा सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न नसक्दा आज बस्ने भनिएको बैठक सूचना टासेर स्थिगित भएको छ ।

सभामुख चयनकै विषयलाई लिएर निरन्तर बैठक अवरुद्ध भइरहदाँ नेताहरुले भने आफ्ना असन्तुष्टिलाई विभिन्न माध्यहरुबाट पोख्दै आएका छन् । विशेषगरी सामाजिक सञ्जाल असन्तुष्टि पोख्ने मूख्य थालो बनेको देखिन्छ । असन्तुष्टि पोख्नेहरुले प्रतिनिधिसभा समग्र देशको राजनीतिक एजेण्डा मन्थन गर्ने थलो भन्दा पनि नेकपाको अन्तरिक राजनीतिक बन्धक भएको बताएका छन् ।

सामाजिक सञ्जालमा अत्यन्त क्रियाशिल रहने उच्च व्यक्तिको छविमध्यको एक नाम हो डा. बाबुराम भट्टराई । पूर्व प्रधानमन्त्रीसमेत रहेका हालका सांसद भट्टराईले संसदको निरन्तर स्थगतको विषयलाई लिएर ट्वीटमार्फत गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु भएको भन्दै प्रश्न उठाएका छन् ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्वीटमार्फत प्रधानमन्त्री नेकपाका अध्यक्ष ओली र दाहाललाई लक्षित गर्दै दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई निरन्तर बनाउने अकर्मण्यता आपत्तिजनक भएको बताएका छन् ।

उनिहरु मात्रै नभइ प्रतिनिधिसभा बैठकको स्थगनबारे सामाजिक सञ्जालमा अन्य नेता तथा सर्वसाधारणले नेकपालाई दक्षित गरी संसदलाई पार्टीगत राजनीतिले घेराबन्दीमा हालेको टिप्पणी गर्दै आपत्ती जनाएका देखिन्छन् ।

प्रतिक्रिया