बिहीबार, वैशाख ६, २०८१

पूँजीबजारको विकास र विस्तारका लागि आर्थिक पत्रकारको भूमिका महत्वपूर्ण : अध्यक्ष ढुङ्गाना

नेपालखोज २०७६ पुष २७ गते १९:०४

२७ पुस, काठमाडौँ । नेपालमा आर्थिक पत्रकारिताको विकास गर्नुपर्नेमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जोड दिएका    छन् । आईतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का प्रतिनिधिहरुसँगको भेटमा देशको ऐनाको रुपमा रहेका आर्थिक पत्रकारहरुको विकासमा जोड दिनुपर्ने बताए ।

पूँजीबजारको विकास र विस्तारका लागि आर्थिक पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने हुदाँ जुन कुराले बजारको विकास र यससँग सम्वन्धित पक्षहरुको हित हुन्छ त्यसतर्फ ध्यान दिन अध्यक्ष ढुंगानाले आग्रह गरे ।

आफ्नो कार्यकालमा पूँजीबजारको स्थायित्वका लागि काम गर्ने बताउँदै उनले पूँजीबजारमा नयाँ औजारहरु थप गर्नुपर्ने आवश्यकता औल्याए । अन्योलमा रहेको कमोडिटी मार्केट सञ्चालनका लागि नयाँ लाईसेन्स दिने काम आगामी दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । पहिलानै सुल्झाईसक्नुपर्ने कमोडिटी मार्केटको विषय अव भने अल्झाएर नराख्ने उनले बताए ।

बोर्डका अध्यक्ष ढ्ंगानासँगको भेटमा नाफिजका अध्यक्ष सिताराम भट्टराईले पूँजीबजारका विषयमा कलम चलाउने धेरै आर्थिक पत्रकारहरु रहेकाले उनिहरुको क्षमता विकासका लागि पहल गर्न आग्रह गरे । पूँजीबजार र मुलुकका हितका निम्तिनै कलम चलाउने आर्थिक पत्रकारहरुलाई समन्वयको खाचो रहेको बताउँदै अध्यक्ष भट्टराईले बोर्डले निरन्तर सहयोग र समन्वय गर्नेमा आशाबादी रहेको बताए । शुक्रबारदेखि नयाँ अध्यक्षको रूपमा बोर्डको पदभार सम्हालेका ढुंगानालाई स्वागत तथा शुभकामना व्यक्त गर्न नाफिजका प्रतिनिधिहरु बोर्ड पुगेका थिए ।

प्रतिक्रिया