आज मङ्गलबार गणेश भगवानको पुजा गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।
मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।
आज २९ पौष २०७६ मंगलवार को राशिफल
मेष
बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।
सिंह
बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि लाभ रहला ।
तुला
सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।
धनु
कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
कुम्भ
मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्नेछ ।
बृष
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।
कर्कट
पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।
कन्या
दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ ।
बृश्चिक
छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।
मकर
भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।
मीन
आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया