बिहीबार, चैत १५, २०८०

के चिसो पानीले नुहाउनुको कुनै फाइदा छ ?

नेपालखोज २०७९ चैत ११ गते ७:०१

दैनिक चिसो पानीले नुहाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने दाबीहरूबाट थाहा हुन्छ । चिसो पानीले नुहाउँदा आफ्नो बानीमा धेरै सुधार ल्याउन सकिन्छ । यसका केही मुख्य फाइदा राम्रो रक्तसञ्चार, तनाव कम , बढ्दो उत्साह र जागरूकता आदि हुन्। यो बानीले तनाव र चिन्ता कम गर्छ भने व्यायाम पछि मांसपेशी मर्मत गर्ने वा बोसो घटाउने वा प्रतिरक्षा प्रणालीमा सुधार ल्याउने काम गर्छ ।

तनाव र चिन्ता :

चिसो पानीले चिन्ता र तनाव कम गर्छ भनी देखाउने कुनै क्लिनिकल परीक्षण नभए पनि विज्ञहरू भन्छन् कि यसले मद्दत गर्न सक्छ। चिसो पानीले नुहाउँदा शरीरका हानिकारक रसायन र हार्मोन शरीरबाट बाहिर निस्कन्छ जसका कारण तनाव कम हुन्छ । २०१३ मा टीईडी ( TED ) वार्तामा ट्रायथलीट जोएल रुन्योन काले आफ्नो अनुभवका आधारमा के भनेका थिए भने चिसो पानीले डराउने र असहज महसुस गराउने अवस्थाहरूसँग व्यवहार गर्ने तरिका परिवर्तन गर्न सक्छ ।

अर्कोतर्फ चिसो पानीले नुहाउनेहरूको दिमागमा एक्कासी झट्का पर्ने अर्को तर्क छ, जसले एन्टीडिप्रेसेन्ट प्रभाव पार्न सक्छ । सन् २०१६ मा प्लस वन (PLOS One) पत्रिकामा एक डच अध्ययन प्रकाशित भएको थियो जसमा चिसो पानीको स्वास्थ्य प्रभावहरू वर्णन गरिएको थियो । उक्त अध्ययनमा संलग्न २९ प्रतिशत व्यक्तिमा ९० दिनसम्म दैनिक चिसो पानीले नुहाउने बानीका कारण रोगमा कमी आएको बताइएको छ ।

अध्ययनका क्रममा मानिसहरूलाई तातो पानीले नुहाए पछि अन्त्यमा ३०, ६० वा ९० सेकेन्डका लागि चिसो पानिले नुहाउन भनिएको थियो । चिसो पानीमा नुहाउँदा रुघाखोकी लाग्दैन, न त यसले कुनै प्रतिकूल प्रभाव पार्छ । यसैगरी चिसो पानीमा कति बेर नुहाईन्छ भन्ने कुराले पनि कुनै असर नपार्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । बरु चिसो पानिले नुहाउने सहभागीहरू बीचको सबैभन्दा उल्लेखनीय लाभ ऊर्जामा वृद्धि थियो, जुन क्याफिनको प्रभाव भन्दा ठूलो थियो । चिसो पानीले नुहाउँदा व्यायामपछिको दुखाईमा आराम मिल्छ । यद्यपि यसले दबाईको जस्तो काम गर्छ कि गर्दैन भन्ने बिषयमा वैज्ञानिकहरूसँग कुनै प्रमाण छैन । केही अध्ययनहरूले यसले स्वास्थ्यमा सुधार ल्याउँछ भन्छन् तर केहीले यसले मांसपेशीहरूको अनुकूलन गर्ने क्षमतालाई कम गर्छ भन्छन् ।

फिजिकल थेरापी इन स्पोर्टमा प्रकाशित २०१४ को एक अध्ययनले चिसो र तातो पानिले नुहाउने कुराका बीच कुनै महत्त्वपूर्ण भिन्नता नभएको फेला पारेको थियो । के यसले साँच्चै बोसो घटाउँछ ? चिसो पानीले नुहाउँदा शरीरमा जमेको बोसो सक्रिय हुन्छ अर्थात् अतिरिक्त बोसो घट्छ भन्ने कुरामा दुई मत सुनिन्छ । डा. टोल्किन भन्छन् – दुर्भाग्यवश यसका धेरै कम प्रमाण उपलब्ध छन । धेरै अध्ययनमा चिसो पानीले नुहाउँदा शुक्राणु उत्पादनमा फाइदा पुग्ने कुरा बाहिर आएको छ । तातो पानीले नुहाउँदा अण्डकोषको तापक्रम बिग्रन्छ र यसको प्रत्यक्ष असर शुक्राणुको संख्यामा पर्छ । यदि आहारमा बोसोको मात्रा बढी छ भने, शुक्रकीटको संख्यामा कमी आउँछ । डा. टोल्केन भन्छन – चिसो पानीले नुहाउनुका फाइदाका बारेमा वैज्ञानिक अनुसन्धान अझै प्रारम्भिक चरणमा छ र अहिलेसम्म यसको कुनै ठोस प्रमाण बाहिर आएको छैन । चिसो पानीले नुहाउँदा चिसो लाग्नुबाहेक अरु कुनै हानि नहुने बिज्ञहरुको विश्वास छ ।

साबधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री समान्य जानकारि तथा परम्परागत मान्यतामा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक हुनसक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया