शनिबार, वैशाख १५, २०८१

दही खाँदा कसलाई फाइदा, कसलाई बेफाइदा ?

नेपालखोज २०७७ पुष १० गते १४:३०

दहीले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दहीमा भएका रासायनिक पदार्थका कारण यो छिट्टै पच्छ । अपच, कब्जियत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ ।

तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हानि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् ।

एलर्जी
जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ ।

तत्कालै नसुत्नुस्
दही खानेबित्तिकै सुत्दा बोसो बढ्छ ।

राति नखानुस्
राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् ।

अमिलो दही नखानुस्
दही धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, एसिडटी वा पेटको खराबी हुन सक्छ ।

नतताउनुस्
दहीलाई कहिल्यै पनि तताएर नखानुस् किनकि त्यसो गर्दा दहीमा भएका राम्रा ब्याक्टेरिया सकिन्छन् ।

दमको रोगीले नखानुस्
तपाईंलाई दमको रोग छ वा पिनास छ भने दही नखानुस् । यसले श्वासप्रश्वासको समस्या झनै बढाउँछ ।

मासुसँग नखानुस्
मासुसँग दही खाने बानी तत्कालै त्याग्नुस् किनकि यसो गर्दा एलर्जी, छालाको समस्या र पेट खराब हुन्छ ।

यस्ता समस्या भएका मानिसलाई दहीले फाइदा गर्छ स्

कम इम्युनिटी
रोगप्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्टिङ स्तर बढाउँछ ।

मोटोपन
मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ ।

मधुमेह
मधुमेहका रोगी महिलाको योनिमा यीस्ट संक्रमण भएमा दही खाँदा ठीक हुन्छ ।

प्रतिक्रिया