शुक्रबार, चैत १६, २०८०

आदित्यनारायण झा र नेहा कक्कडको विहे पक्का, विहे होला त ?

नेपालखोज २०७६ माघ ३ गते ८:४९

एजेन्सी । टीभी रियालिटी सो ‘इन्डियन आइडल–११’को सेटमा गायिका नेहा कक्कड र प्रस्तोता आदित्यनारायण झाको विवाह तय भएको छ । आदित्य नेपाली गायक उदितनारायण झाका छोरा हुन् ।

आइडलको एक एपिसोड छायांकनका क्रममा दुवैका आमाबुवा पुगेर दुवैको विवाह पक्का गरेका हुन् । दुवैका आमाबुवा सोमा अतिथिका रूपमा पुगेका थिए । सोमा एक्कासि आफ्नी आमालाई देखेर नेहा छक्क परिन् भने आदित्य खुसी हुँदै नाच्न थाले ।

आमालाई देखेर नेहाले सोधिन्, ‘यहाँ के भइरहेछ ?’ उत्तर दिँदै आमाले भनिन्, ‘हामीले तिम्रो विवाह आदित्यसँग तय गरेका छौं । मलाई यो केटा राम्रो लाग्छ ।’ सोमा आदित्यकी आमा पनि उपस्थित थिइन् । उनले नेहासँग भनिन्, ‘हामी तिमीलाई धेरै माया गर्छौं र तिम्रो फ्यान पनि हौं ।’

सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं ।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले । नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे । हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस् ।’

नेहा र आदित्यको विवाह साँच्चै हुन्छ या यो रिल लाइफ ड्रामा मात्रै हो, यो भने आउने समयले नै बताउने छ ।

प्रतिक्रिया