शुक्रबार, वैशाख ७, २०८१

नाट्टा नेतृत्वका लागि तीन समूह प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

नेपालखोज २०७६ माघ ३ गते १५:०९

काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को निर्वाचनबाट हुने नयाँ नेतृत्वका लागि तीन अलगअलग समूह चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

गुरागाईं समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा तारा बाँस्तोला, महासचिवमा राकेश धमला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङदावा शेर्पाले उम्मेदवारी दिए । त्यस्तै कार्यसमिति सदस्यमा सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल र रमेश थापाले प्रतिस्पर्धा गर्नुहुनेछ ।

पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल, सचिवमा जस्विन तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारीको उम्मेदवारी दिए । कार्यसमिति सदस्यमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु खत्री, लक्ष्मी कार्की अधिकारी, चुँडाबहादुर जिम्बा, गीता अधिकारी, डेण्डी शेर्पा र रामसोभित नायकको उम्मेदवारी परेको छ ।

अध्यक्षको प्रत्याशीका रुपमा नाट्टाका पूर्वमहासचिव धाख्वा चुनावी प्रतिस्पर्धामा छन् । उनको समूहमा वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सहकोषाध्यक्षमा फुदोमा शेर्पा रहेका छन् । कार्यसमिति सदस्यमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजङ्ग पाण्डे, सिर्जना महर्जन र राजकुमार देवकोटा छन् ।

नाट्टाकालागि ३ समुह बनाएर प्रतिस्पर्धीका रुपमा उभिएका पर्यटनकर्मीहरुको अंकगणित विश्लेषण गर्न त्यति सहज छैन । तर, ३ नै समुह आ—आफ्नो मत बढाउन अहिलेपनि कसरतमै छन् ।

आगामी दुईवर्षे कार्यकालका लागि हुने नाट्टा निर्वाचनले पदाधिकारी तथा सदस्यसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जम्मा १७ सदस्य कार्यसमितिमध्ये थप दुई सदस्य मनोनित गरिनेछ । निर्वाचनमा कूल ४९८ मतदाता छन् । नाट्टाको विराटनगर, पोखरा, लुम्बिनी र पाल्पामा शाखा कार्यालय रहेका छन् ।

प्रतिक्रिया